• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मंगलबार थप ९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा मंगलबार थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या सात सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नयाँ थपिएका संक्रमित सुर्खेत, सिरहा, बारा, रौतहट, रुपन्देही, अर्घाखाँची, गुल्मी, स्याङ्जा लगायतका जिल्लाका रहेको बताए ।

अहिलेसम्म देशमा ४६ जिल्लामा संक्रमण पुष्टि भएको देवकोटाले जानकारी दिए ।  हाल देशभर ५५ हजार दुई सय ८२ जना क्वारेन्टाइनमा छन् भन् आइसोलेसनमा पाँच सय २२ जना रहेको उनले बताए ।

अहिलेसम्म देशभरबाट एक सय ५५जना डिस्चार्ज भएका देवकोटाले जानकारी दिए । मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर बिधिबाट ५४,२४२, र्याापिड ९७९६७ जाँचवटा गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर