चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २.३ प्रतिशत मात्र

काठमााडौं । सरकारले संघीय संसदमा आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश गरेको छ ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले चालू आवको आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।

सो क्रममा खतिवडाले कोरोना भाइरसको कारण आर्थिक परिसुचकमा ठूलो चाप परेको बताए । चालु उनले कोभिड १९ का कारण देशको सम्पूर्ण आर्थिक गतिविधि र त्यसले देशको आर्थिक वृद्धिदर पनि खुिम्चएको बताए । उनले  चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २.३ प्रतिशत हुने बताए । यसअघि केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा २.२७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५५ को लक्ष्य राखेको थियो ।

नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ अमेरिकी डलर रहेको, सरकारले तिर्न बाँकी सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब रुपैयाँ रहेको उनले जानकारी दिए । यस्तै, कुल लगानी ३.४ प्रतिशतले घटेको उहाको भनाई छ । देशमा १८.७ प्रतिशत रहेको निरपेक्ष गरिवी यसपाली १६.६७ प्रतिशत अनुमान गरिएको उनले बताए । सरकारले विभिन्न क्षेत्रमा तीव्रताका साथ काम गरेको बताउँदै देशभर २३ हजार ३ सय ३४ किलोमिटर लामो सडक निर्माण गरेको उनको भनाई छ ।

यस्तै, ९० प्रतिशत खानेपानी र सतप्रतिशत मानिस स्वास्थ्य सेवाको पहुँचमा पुगेको छ ।  

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर