चरित्रहत्या भएको भन्दै अश्लील भिडियो बनाउने बिरुद्ध कलाकार संघको उजुरी

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले केही नेपाली अभिनेत्रीहरुको चरित्र हत्या गर्ने मनशायले नक्कली पोर्न भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढेको भन्दै कारबाहीको लागि प्रहरीमा उजुरी दिएको छ । संघका अध्यक्ष रविन्द्र खड्कासहितको टोलीले मंगलबार महानगरिय अपराध महाशाखा, टेकुमा पुगेर उजुरी दर्ता गराएको हो ।

आईतबार तथा सोमबार दुई जना अभिनेत्रीहरुका नक्कली पोर्न भिडियो बनाएर सार्वजनिक गरिएको छ भने अन्य अभिनेत्रीहरूको समेत त्यस्तै नक्कली भिडियो सार्वजनिक गर्ने धम्की समेत दिइएको छ । यो घटनाले समाजमा राम्रो छवि भएका नेपाली अभिनेत्रीहरू मानसिक रूपले विक्षिप्त भएका छन् ।

संघका अध्यक्ष खड्काले वुझाएको उजुरी पत्रमा भनिएको छ–‘विगत केही दिनदेखि प्रविधिको चरम दुरुपयोग गर्दै नेपाली चलचित्रसँग सम्बन्धित कलाकारहरुको नक्कली अश्लिल भिडियो बनाएर विभिन्न माध्यमबाट सार्वजनिक गर्ने क्रम बढेको छ । कलाकारहरुको बारेमा भ्रम श्रृजना गरी चरित्र हत्या गर्ने दुस्प्रयास भएकाले यथाशिघ्र यसको छानविन गरी दोषीलाई कडा कारवाहीको माग गर्दछौ ।’ 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर