• बुधबार ३-२४-२०७७/Wednesday 07-08-2020/ 10:36 am

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा कोरोनाबाट ७७४ जनाको मृत्यु भएको छ भने १९ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

विश्वभर ३ लाख ५१ हजारभन्दा बढीको मृत्यु हुँदा अमेरिका एउटै देशमा अहिलेसम्म एक लाख ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ लाख २५ हजार नाघेको छ ।

विश्वभर संक्रमितको संख्या ५५ लाख ७८ हजारभन्दा बढी छन् । कोरोना संक्रमणबाट संसारभर २४ लाख २६ हजार व्यक्ति निको भएका छन् ।

सबैभन्दा बढी संक्रमितमा दोस्रो स्थानमा रहेको ब्राजिलमा ३ लाख ९२ हजार नाघेको छ । त्यहाँ साढे २४ हजारभन्दा बढीको मृत्यु भएको छ । रुसमा ३ लाख ६२ हजारभन्दा बढी संक्रमित हुँदा त्यहाँ मृतक ३८ सय रहेको छ ।

स्पेनमा संक्रमित २ लाख ८३ हजार नाघ्दा मृतक भने २७ हजार नाघेको छ । बेलायतमा २ लाख ६५ हजार नाघ्दा मृतक ३७ हजार नाघेको छ । इटालीमा २ लाख ३० हजार संक्रमित र ३२ हजार ९ सय व्यक्तिको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ८२ हजार संक्रमित र २८ हजार ५ सय व्यक्तिको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८१ हजार संक्रमित हुँदा ८ हजार ४ सयको मृत्यु भएको छ । टर्कीमा १ लाख ५८ हजार संक्रमित हुँदा मृतक ४३ सय नाघेको छ । भारतमा १ लाख ५० हजार संक्रमित पुग्दा मृतकको संख्या ४३ सय नाघेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ५ लाख ४३ हजार ५ सय नाध्यो

  • २४ असार, २०७७

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ४३ हजार ५ सय नाघेको छ। त्यस्तै विश्वभरका १ करोड १८ लाख ४४

विश्वमा एकैदिन २ लाख बढी संक्रमित थपिए

  • २४ असार, २०७७

काठमाडौं । विश्वमा एकैदिन २ लाख बढी संक्रमित थपिएका छन् । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन २ लाख ७ हजार ७ सय ५२ जना कोरोना संक्रमित थपिएका

भारतमा कोरोना संक्रमितको संख्या ७ लाख ४३ हजार नाघ्यो, एकैदिन २३ हजार संक्रमित थपिए

  • २४ असार, २०७७

काठमाडौं । भारतमा कोरोनाबाट एकैदिन ४ सय ७९ ज्यान गएको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा एकैदिन २३ हजार १ सय ३५ जनामा कोरोना संक्रमण देखिएका छ