• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

अमेरिकामा निहत्था अश्वेत व्यक्तिको हत्यामा संलग्न चार प्रहरी बर्खास्त

एजेन्सी । अमेरिकाको मिनेसोटामा निहत्था अश्वेत व्यक्तिको निधन भएपछि सो घटनामा संलग्न चार प्रहरी अधिकारी बर्खास्त भएका छन् ।

मिनियापोलिस प्रहरीका प्रमुख मेडारिया एराडोन्डोले चार प्रहरी अधिकारी बर्खास्त गरेको जानकारी दिएका हुन् ।

हिरासतमा लिइएका अश्वेत व्यक्तिको निधन पछि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो । जसमा प्रहरी अधिकारीले ती निहत्था अश्वेत व्यक्तिलाई भूईँमा लगाएर उनको घाँटीमा घुँडाले थिचेको देखिन्छ । संघीय अनुसन्धान व्यूरो (एफबिआई) ले मिनियापोलिस घटनाको छानबिच गर्ने बताएको छ । यो घटना सोमबार बेलुका भएको हो ।

श्वेत प्रहरी अधिकारीले जर्ज फ्लोइड नाम गरेका अश्वेत व्यक्तिलाई पक्राउ गर्ने क्रममा बाटोमै उनको घाँटीमा घुँडाले च्यापेको हुन् । जर्जले ‘मैले सास फेर्न सकिरहेको छैन’ भनेको भिडियोमा सुनिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर