नेपाल-भारत सीमा जटही नाकामा भोकमरीले एक नेपालीको मृत्यु

जनकपुरधाम । नेपाल-भारत सीमा जटही नाकामा भोकमरीका कारण एक नेपालीको मृत्यु भएको छ । भोकमरीले धनुषा शहिदनगर नगरपालिकाका वडा नं. ९ का ३० वर्षीय विरेन्द्र यादवको मृत्यु भएपछि नाकामा रहेका नेपालीहरु प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आएका छन् । 

यादवको सीमा नाकामा मृत्यु भएपछि सयौँको संख्यामा नेपालीहरु प्रधानमन्त्री केपी शर्मा विरुद्ध प्रदर्शन गरेका छन् । भारतमा रहेको समय करिब १५ दिन देखि चिउरा मुरही खाएको र जटही नाकामा आइसकेपछि राति छिर्न नदिएपछि खाना नपाएर यादवको मृत्यु भएको हो । मृतक यादव अहमदावादमा होटलमा कुकको रुपमा काम गर्दै आएका थिए । 

जटही नाकाबाट करिब ३ सय नेपाली भाटा प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आएका छन् । प्रर्दशनको क्रममा उनीहरुले ज १ त १२१३ नम्बरको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् । जटही नाकामा रहेको समयमा नेपाल सरकारले खानाको व्यवस्था नगरेको पीडितहरुको भनाइ छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर