‘नागिन–४’ बाट बाहिरिइन् रश्मि देसाई

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण भारतमा पनि लामो समयदेखि लकडाउन जारी छ । यस्तो अवस्थामा सबै क्षेत्रका अधिकांश कामहरु ठप्प छन् । फिल्म सिरियल लगायतका सबै मनोरञ्जनका क्षेत्र अनिश्चत कालको लागि स्थगित भएको छ । यसैबीच भारतीय चिर्चित टिभि शो ‘नागिन–४’ बाट शलाका अर्थात् रश्मि देसाई बाहिरिइको खबर सार्वजनिक भएको छ ।  

निया शर्मा र विजेन्द्र कुमेरिया स्टारर यो सोका निर्माताले कलाकारको विषयमा छलफल गरेर याे निर्णय लिएका हुन् । यो मिटिङमा लकडाउनपछि हुने सुटिङमा रश्मिलाई नखेलाउने निर्णय लिइएको बताइएको छ । ‘बिगबोस– १३’ मा धमाल मच्चाएकी रश्मि टीभीका ती कलाकारमध्येकी एक हुन् जसले धेरै फ्यान फलोअर्स पाएका छिन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर