• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

क्वारेन्टिनमा बसेका बृद्धको मृत्यु

धम्बोझी ।  बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टिनमा रहेका एक बृद्धको मृत्यु आज मृत्यु भएको छ । गुलरिया– ४ स्थित बबई क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नं ९ गोडियनपुर  का  ५५ वर्र्षीय जोधि गोडियाको बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । 

ज्याला मजदूरीका लागि अछाम जानुभएका उनलाई तीन दिन पैदल हिँडेर मङ्गलबार घर फर्कने क्रममा क्वारेन्टिनमा राखिएको थियो ।  उनीसँगै फर्किएका १६ जनालाई क्वारेन्टिनमा राखिएको छ ।  उनको स्वाब परीक्षण रिपोर्टपछि मात्रै कोरोना भए नभएको थाहा हुने जनस्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर