• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

प्रतिनिधिसभाको कार्यसूचीबाट संविधान संशोधन विधेयक किन हटाइयो ?

काठमाडौं । दलीय सहमति लगाएत अन्य बिषयमा छलफल गर्नुपर्ने भन्दै सरकारले संविधान संशोधन विधेयक केहि दिनपछि मात्र अघि बढाउने भएको छ । यसअघि बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा  संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची तय भएपनि अन्तिम समयमा कार्यसूचीबाट हटाइएको संसद सचिवालयले जनाएको छ । 

यसअघि सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले  बुधबारको बैठकमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको उल्लेख थियो । कार्यसूचीबाट हटाउन आग्रह गरिएकाले हटाइएको र यसको कारण भने जानकारी नभएको सचिवालयको भनाई छ । भारतद्वारा अतिक्रमित भूभागसमेत समेटेर जारी भएको नक्शालाई संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापमा अध्यावधिक गर्न संविधान संशोधन गर्न लागिएको थियो । 

संविधान संशोधनमा सहमति जुटाउन मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए। उक्त बैठकमा उनले संविधान संशोधन विधेयकलाई सर्वसम्मत पारित गर्न दलहरुलाई आग्रह गरेका थिए। त्यसक्रममा प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले आफ्नो केन्द्रीय समिति बैठकमा छलफलका लागि केही समय माग गरेको बताइएको थियो।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर