• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सांसदहरुद्वारा रुकुमपश्चिममा भएको घटनाको सर्वदलीय छानविनको माग

काठमाडौं । सांसदहरुले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुमपश्चिममा भएको हत्याको घटनाका विषयमा सर्वदलीय छानविनको माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा उनीहरुले घटनालाई राजनीतिकरण नगर्न र मृतकहरुलाई सामाजिक शहीद घोषणा गर्न पनि माग गरे । सांसद मीन विश्वकर्माले स्थानीय प्रशासन र प्रहरीको लापर्वाहीले घटना भएको आरोप लगाए । सो घटनाका दोषीलाई कडा भन्दा कडा कारवाही गर्न उहाले माग गर्नुभयो ।  सांसद विमला नेपालीले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा भएको घटनामा मृत्यु भएकालाई सामाजिक शहीद घोषणा गरी घटनाको संसदीय छानविन गर्न माग गरिन्  ।

सांसद यशोदा सुवेदी गुरुङले सो घटनालाई राजनीतिकरण नगर्न माग गरिन् । सांसद लक्ष्मी परियारले रुकुमपश्चिममा भएको जातीय विभेद र नरसंहारको घटनामा संविधान र कानूनको किन प्रभावकारी कार्यान्वयन भएन भनी प्रश्न गरिन् ।

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्याको घटना भएको थियो । मृतक नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य दुईजनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अन्य तीनजना बेपत्ता छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर