• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भारत छिमेकी देशका लागि खतरा बन्दैछ : पाकिस्तानी प्रधानमन्त्री खान

काठमाडौं । भारतको नेपाल र चीनसँग चलिरहेको सीमा विवादमाथि टिप्पणी गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत छिमेकीका लागि खतरा बन्दै गएको बताएका छन् । 

इमरान खानले एक ट्विट गर्दै नरेन्द्र मोदी नेतृत्वको सरकारलाई एकपटक फेरी हिन्दूवादी फाँसीवादीको संज्ञा दिएका छन् । 

प्रधानमन्त्री खानले भनेका छन्, ‘मोदी सरकारले अपनाएको नाजी नीतिसरहको अहंकारयुक्त विस्तारवादी नीति छिमेकीका लागि खतरा बन्दै गइरहेको छ ।’ 

खान अगाडी लेख्छन्, ‘मोदी सरकारले बंगलादेशलाई नागरिकता कानुनमार्फत्, नेपाल र चीनसँग सीमा विवादमार्फत् र पाकिस्तानलाई झुटो अभियानमार्फत् धम्क्याइरहेको छ ।’ 

त्यसपछि उनले  काश्मीर मुद्दा पनि उठाउँदै उनले लेखेका छन्, ‘भारतप्रशासित काश्मीरमा अबैध कब्जा जमाएर युद्ध अपराध गरेको भारतले पाकिस्तान प्रशासित काश्मीरमाथि पनि दाबी गरिरहेको छ ।’

भारतीय अल्पसंख्यकलाई दोस्रो दर्जाको नागरिक बनाउन खोजेको मोदी सरकार ती अल्पसंख्यकका लागिमात्र नभई क्षेत्रीय शान्तिकै लागि खतरा बनेको उनको तर्क छ । 

त्यस्तै, पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले बुधबार सरकारी टेलिभिजन पिटीभीसँग भारत र चीनबीचको चनाव लद्दाखमा ‘अवैध निर्माण’का कारण सुरु भएको बताएका छन् । उनले चीनले भारतसँग वार्ताको माध्यमबाट मुद्दाको समाधान गर्न चाहेको बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर