• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने- भारतको मोदी सरकार नाजी जस्तै बिस्तारवादी

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको मोदी सरकार छिमेकी देशका लागि खतरा भएको बताएका छन् । मोदी सरकारलाई ‘हिन्दूत्व श्रेष्ठतावादी’ भन्दै उनले अभिमानी र विस्तारवादी नीति लिएको भारत छिमेकीका लागि खतरा भएको उल्लेख गरेका छन्।

उनले ट्वीट गर्दै भारत सरकार नाजीकाे जस्तो विस्तारबादी नीतिकाे पक्षमा रहेको आरोप लगाएका छन् । नागरिकतासम्बन्धी कानून ल्याएर बंगलादेशका लागि खतरा भएको भारत नेपाल र चीनका लागि सीमा विवादले र पाकिस्तानलाई आक्रमणको धम्की दिएकाले खतरा भएको खानले ट्वीटरमा लेखेका छन्। 

 

The Hindutva Supremacist Modi Govt with its arrogant expansionist policies, akin to Nazi's Lebensraum (Living Space), is becoming a threat to India's neighbours. Bangladesh through Citizenship Act, border disputes with Nepal & China, & Pak threatened with false flag operation.

— Imran Khan (@ImranKhanPTI) May 27, 2020

भारतले जम्मुकस्मिरलाई जेनेभा कन्भेन्सनविरुद्ध गाभेर युद्ध अपराध गरेको उल्लेख गरेका पाकिस्तानी प्रधानमन्त्री खानले लेखेका छन्– ‘भारतका अल्पसंख्यकलाई दोस्रो दर्जामा झारेको फासिस्ट मोदी सरकार उनीहरूका लागि मात्रै होइन क्षेत्रीय शान्तिकै लागि खतरा भएको छ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर