‘पाताल लोक’ विवाद : विराट कोहलीले अनुष्कासँग सम्बन्ध-विच्छेद गर्नुपर्छ - भाजपा विधायक नन्दकिशोर 

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्माको प्रोडक्सनमा निर्माण भएको वेब सिरिज ‘पाताल लोक’ विवादमा आउने क्रम जारी छ । यस वेब सिरिजमा प्रयोग गरिएका शब्दलाई लिएर नेपालमा अनुष्का शार्माको विरोध भइरहेको छ ।  

यसैबीच, भारतमै पनि यस वेब सिरिजलाई लिएर अनुष्का शर्मा विवादमा तानिएकी छिन् । भाजपाका विधायक नन्दकिशोर गुर्जरले अनुष्का शर्माविरुद्ध देशद्रोहको उजुरी दर्ता गराएका छन् । साथै भारतीय क्रिकेट कप्तान विराट कोहलीलाई अनुष्का शर्मासँग सम्बन्धविच्छेद गर्न सल्लाह दिएका छन् । 

नन्दकिशोरले सञ्चारकमीसँग कुरा गर्ने क्रममा भने, ‘विराट कोहली एक साँचो देशभक्त छन् । उनी आफ्नो देशको लागि खेल्छन् । त्यसैले उनी अनुष्काबाट टाढा रहनु उपयुक्त हुनछ । ’

गाजियाबादका विद्यायक नन्दकिशोरले दिइएको उजुरीमा भनिएको छ, ‘अनुष्का शर्माले निमार्ण गरेको वेब सिरिजमा अनुमति बिना मेरो तस्बिरको प्रयोग गरिएको छ । ’ उनले अनुष्कालाई देशद्रोहको आरोप लगाएका छन् । अनुष्काले सनातन धर्मका सबै जातिहरुमा दुश्मनीको भावना बढाएको आरोप पनि छ । 

नन्दकिशोरले भने, ‘अनुष्का शर्माले ‘पाताल लोक’ वेब सिररिजमा बालकृष्ण नामका अपराधी नेताको साथमा एक मार्ग उद्घाटनमा मेरो तस्बिर प्रयोग गरेको देखिाइएको छ । म अहिले भाजपा विधायक हुँ । मेरो अनुमति बिना मेरो तस्बिर प्रयोग गर्न पाइदैन । 

उनले भने, ‘अनुष्का शर्माले वेब सिरिज ‘पाताल लोक’ बाट आफ्नो छबी बिर्गाने कोसिस गरेकी छन् । उही  वेब सिररिज प्रतिबन्धको माग भएको छ । सूचना एवंम प्रशारण मन्त्री प्रकाश जावडेकरले एक पत्र तयार गरेका छन् । जसमा पाताल लोक प्रतिबन्धको माग गरिएको छ । 


 

#BoycottPaatalLok is trending and there is another case on producer of #PaatalLok @AnushkaSharma. Case had been filed by @BJP4India leader Jaspreet Mata.

Read full report - https://t.co/5rmOVbg1Do

also read, @nkgurjar4bjp advise to @imVkohli here - https://t.co/s80NQDZ5Aa https://t.co/BjPRAyX5kR

— Newsroom Post (@NewsroomPostCom) May 27, 2020
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर