अभिनेता किरण कुमारको तेस्रो कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । अभिनेता किरण कुमारको बुधबारको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनले पछिल्लो हप्ता आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका थिए ।  ७४ वर्षका कुमारले आफ्नो तेस्रो रिपोर्ट नेगेटिभ आएकोमा खुसी मनाएका छन् । 

तर उनको परिवार अझै होम क्वारेन्टाइनमा छन् ।  कुमारले भने –‘मेरो परिवार अझै पनि होम क्वारेन्टाइनमा छन् । होम क्वारेन्टाइनमा बसेको समयलाई अवसरको रुपमा लिएको छु । सानो सानो खुसीमा ध्यान दिइरहेको छु खुसी छु । ’

कुुमारले पछिल्लो हप्ता पिटिआई भाषासँग गरेको कुराकानी अनुसार उनी १४ मे मा नियमित मेडिकल जाँचको लागि अस्पताल गएका थिए । जसमा उनी कोरोना संक्रमित देखिएका थिए । 

 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर