• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कांग्रेस र मधेशवादी दलको शर्तका कारण संविधान संशोधन प्रस्ताव पेश हुन नसक्नु ‘दुर्भाग्य’–गौतम

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका युवा नेता विजय गौतमले संघीय संसदमा संशोधन प्रस्ताव पेश हुन नसक्नुलाई ‘एउटा दुर्भाग्य’ को संज्ञा दिएका छन् । राष्ट्रियताको मामिलामा दलहरु निशर्त तयार नहुनु र बिलम्ब गर्न खोज्नु निकै दुखद भएको उनको टिप्पणी छ । 

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्,‘राष्ट्रियताको मामिलामा पनि दलहरु निशर्त तयार नहुनु र बिलम्ब गर्न खोज्नु निकै दुखद कुरा हो । यसको जति निन्दा गरेपनि कम हुन्छ ।’

बुधबारको कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटाएसँगै रहेका नेता गौतमले लेखेका छन्,‘सरकारले लिम्पियाधुरा सहितको नक्सा जारी गरेसँगै संविधानमा समेत आवश्यक संशोधन गर्ने प्रकृया बढाएको थियो । त्यसको लागि आज (१४ गते) संघीय संसदमा संशोधन प्रस्ताव पेश गर्ने कार्यसुची समेत तय भएको थियो ।’

नले कार्यसूची हटेसँगै भारतीय मिडियाहरुले नेपालमै नक्सा बिबादित भन्ने अर्थमा समाचार प्रकाशन गरेको भन्दै ध्यानाकर्षण गराएका छन् । विद्यार्थी राजनीतिमा लामो समयदेखि क्रियाशिल रहेका नेता गौतमले भनेका छन्,‘नेपाली काँग्रेस र मधेशबादी दलहरुको ूबिलम्ब चाहने र सर्त तेर्स्याउने प्रवृत्तिको कारणले संघिय संसदको आजको कार्यसुचीबाट संशोधनको मुद्दा हटेको छ । यसले राष्ट्रियताको लडाइँलाई कमजोर बनाँउछ । किनकी आज भारतीय मिडियाहरुले नेपालमै नक्सा बिबादित भन्ने अर्थमा फुक्ने मौका पाएका छन् ।’

उनले भनेका छन्,‘हिजो मंगलबार सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिले संसदमा रहेका दलहरुको बैठक आयोजना गर्नुभयो र संविधान संशोधनमा एकढिक्का भएर सहयोग गर्न आग्रह गर्नुभयो । नेकपाका अध्यक्ष कमरेड प्रचण्डले पनि यो संशोधन राष्ट्रियताको मुद्दासँग जोडिएकोले यसलाई एकमतले पारित गरौं र अरु दलले उठाएका बिषयमा छलफल गर्दै जाने प्रस्ताव गर्नुभयो । तर कांग्रेस सभापति शेरबहादुर देउवाले पारित गर्न सघाउने तर केही समय दिन माग गर्नुभयो । डाक्टर बाबुराम भट्टराई लगायत मधेसबादी दलका नेताले अरु केही मुद्दा जोडेर एकसाथ संशोधन हुनुपर्ने शर्त तेर्साउनु भयो ।’

मधेशवादी दलहरुको बिलम्ब चाहने र सर्त तेस्र्याउने प्रवृत्तिको कारण संघीय संसदको कार्यसूचीबाट संशोधनको प्रस्ताव हटेको उनको भनाई छ । देशभक्त युवालाई सम्बोधन गर्दै उनले अन्तिममा भनेका छन्,‘देशभक्त युवा हो ! आउनोस्, राष्ट्रियताको सवालमा समेत ुअलमल चाहने र शर्तबाजी तेर्स्याउनेु दुर्भाग्यपूर्ण रवैयाको घोर निन्दा गरौं । भनौं, अरु हिसाब गर्दै गर तर राष्ट्रियतामा तिमीहरु लरबराउने छुट छैन । अन्यथा इतिहासले माफी दिनेछैन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर