• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

जर्मन बुण्डेसलिगाः बराबरीमा रोकिदाँ आरबी लेइप्जिगले दोस्रो स्थानमा उक्लिने मौका गुमायो

एजेन्सी । जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा आरबी लेइप्जिग र हेर्था बर्लिन बराबरीमा रोकिएका छन् । घरेलु मैदानमा भएको खेलमा लेइप्जिग हेर्था बर्लिनसँग बराबरीमा रोकिएको हो ।

बराबरीमा रोकिएसँगै आरबी लेइप्जिगले दोस्रो स्थानमा उक्लिने मौक गुमाएको छ । पहिलो हाफमा दुवै तर्फबाट एक–एक गोल भयो । यस्तै दोस्रो हाफमा पनि थप एक–एक गोल भयो ।

क्लोस्टेर्म्यान र स्कीकले गोल गरे । यस्तै हेर्थाका लागि ग्रजिक र पिएतेकले गोल गरे । हाल्स्टेन्बर्ग दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि आरबी लेप्जिग १० खेलाडीमा सीमित भयो ।

बराबरीपछि आरबी २८ खेलबाट ५५ अंकसहित तेस्रो स्थानमा छ । दोस्रो स्थानको बोरुसिया डर्टमुण्ड भन्दा दुई अंकले पछि रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर