• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

इंग्लिस प्रिमियर लिगका तीन क्लबका चारजनामा कोरोना पुष्टि

एजेन्सी । इंग्लिस प्रिमियर लिगका तीन क्लबका चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै लिगका सबै क्लबहरु कन्ट्याक ट्रेसिङ्गका लागि सहमत भएका छन् ।

तेस्रो चरणको परीक्षण अन्तर्गत सबै क्लबका खेलाडी र पदाधिकारी गरी एक हजार ८ जनाको परीक्षण भएको हो । त्यसमध्ये चारजनामा पोजेटिभ देखिएको हो ।

प्रोजेक्ट रिस्टार्टको दोस्रो चरणमा खेलाडीहरु समूहमा प्रशिक्षण गर्ने छन् । अहिलेसम्म लिगका २७ सइ ५२ जनाको परीक्षण भएकोमा १२ जनामा संक्रमण देखिएको छ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर