• बिहीबार ३-२५-२०७७/Thursday 07-09-2020/ 08:05 am

लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाबाटै समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री गुरुङ

पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वमा लोकप्रिय र समृद्ध पद्धतिका रूपमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हामी सबैका लागि गर्वको विषय भएको बताएका छन् ।

गणतन्त्र दिवस २०७७ को अवसरमा आज प्रकाशित शुभकामना सन्देशमा उनले मुलुकमा सङ्घीय लोकतान्त्रिक व्यवस्था प्राप्तिका लागि भएका शान्तिपूर्ण जनआन्दोलन, सशस्त्र सङ्घर्षलगायत न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्नुहुने महान् शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै बेपत्ता एवं घाइते योद्धाप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमा विश्व मानव सभ्यता र मानव जातिकै अस्तित्वका लागि चुनौती बनेर आएको साझा शत्रु कोभिड–१९ का विरुद्ध एकताबद्ध भइ लडिरहेका छौँ, यसमाथि पूर्ण विजय प्राप्ति गर्नका लागि आजको दिनले हामी सबैलाई थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

गणतन्त्र दिवस केवल शासन प्रणालीमा मात्र नभइ हाम्रो जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत गर्दै सामाजिक न्याय र न्यायपूर्ण वितरणसहितको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सक्दा नै गणतन्त्र दिवसप्रतिको अर्थपूर्ण स्मरण हुनेछ शुभकामना सन्देशमा उल्लेख छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५५० पुग्यो

  • २५ असार, २०७७

सुर्खेत ।  कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आएको छैन । दिनहुँ सङ्क्रमित बढिरहे पनि भौतिक दूरी कायम गरेर दैनिक कामकाज गर्न सरकारले दिएको

कर्णाली प्रदेश अस्पतालका चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोराना संक्रमण

  • २४ असार, २०७७

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा बुधबार थप २ चिकित्सक र २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । आइसोलेसनमा ड्युटी गरेर क्वारेन्टाइनमा

गुटको भेला र जुलुसले  पार्टीको हित गर्दैन यस्तो कार्य बन्द गर्नुहाेस : नेकपा सुर्खेत 

  • २४ असार, २०७७

सुर्खेत । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन समिति सुर्खेतले पार्टी भित्रको अन्र्तरसंघर्षका विषयमा कुनै प्रकारका भेला तथा जुलुस नगर्न