कृषकले बाली बीमावापत तिर्नपर्ने रकम उत्पादन पछि तिर्दा हुने

काठमाडौं । सरकारले कृषि वाली तथा पशुपक्षी बीमाको दायरा थप विस्तार गरि जोखिम न्यूनिकरण गर्न बीमा प्रिमियम अनुदान रकममा बृद्धि गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बाली बीमा गर्दा प्रिमियम बापत कृषकले तिर्नु पर्ने रकम बाली उत्पादन भए पछि तिर्ने सुविधा उपलब्ध गराइने जानकारी दिए । गत आर्थिक वर्ष बाली तथा पशुपन्छी विमा कार्यक्रम अन्तर्गत लाग्ने विमा शुल्कको ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरिएको थियो ।

आगामी आर्थिक वर्षमा यसको दायरा थप गरिएको खतिवडाले बताए । उनले कृषि अनुदान पुनरावलोकन गरी संघ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरी दिने व्यवस्था गरेको बताए । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट छुट्याइएको जानकारी दिए । त्यस्तै, सरकारले फलफूलका विरुवा उत्पादन गर्न १ करोड ५ लाख, सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट छुट्याएको छ । अर्थमन्त्री खतिवडाले ३ सय स्थानीय तहमा भूमी बैंक स्थापना गरिने बताउनुभयो । भूमी बैंकमा सेयर लगानी गर्न ५० करोड बजेट विनियोजन गरिएको उहाले बताए । े

सरकारले महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्ने जनाएको छ । यस आयोजनालाई सरकारले आगामी आगामी आर्थिक वर्षमा १० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै सुनकोशी मरिन सिँचाइ आयोजनाका लागि २ अर्ब ४६ करोड रुपैयाँ  बजेट विनियोजन गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर