शिक्षा मन्त्रालयका लागि १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले छात्रवृत्तिका लागि २ अर्ब ७० करोड बजेट विनियोजना गरेको छ । २६ लाख छात्र, छात्रा लाभाम्वित हुनेगरि सरकारले उक्त बजेट विनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

आगामी वर्षको बजेट वक्तव्य सार्वजनिक गर्दै उनले शिक्षा क्षेत्र उच्च प्राथामिकतामा राखेको बताए । शिक्षा मन्त्रालयका लागि उनले १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको बताए । 

गुणस्तरीय र जीवन उपयोगी शिक्षा सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले आगामी वर्ष भित्र आधारभूत शिक्षामा सवैको पंहुच, मदरशा गुरुकुल र गुम्बालाई पनि शिक्षाको मुलधारमा समावेश गर्ने बताए ।
 
साथै, आगामी वर्ष साक्षर नेपाल घोषणा गर्ने पनि उनलेबताए । प्राविधिक धारको पठन पाठन सवै स्थानीय तहमा विस्तार गर्ने उनको लक्ष्य रहेको बताए । 

राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रमबाट पूर्वधार र गुणस्तर बढाउनका लागि ६ अर्ब बजेट विनियोजन गरिएको उनले बताए ।

भर्चुअल शिक्षा, अनलाईन, टिभी तथा रेडियोबाट अध्यापन अघि बढाउने उनले बताए ।  आगामी आर्थिक वर्ष १ हजार ८ सय विद्यालय भवन लगायतका निर्माण सम्पन्न गर्ने बजेट वक्तव्यमा उनले समावेश गरेका छन् ।
 
दिवा खाजा कार्यक्रम ५ कक्षा सम्मलाई देशभरी लागू गर्ने बताउँदै उनले १३ लाख ४० हजार छात्रलाई निशुल्क सेनटरी प्याड स्थानीय तहसंग मिलेर अघि बढाउने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर