• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

‘भारत सरकारले प्रवासीको पिडामा ध्यान दिन सकेन’

नयाँ दिल्ली । केन्द्र सरकारले प्रवासीहरूको अवस्थालाई ध्यान नदिएको आरोप लगाउँदै कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको उक्त समुदायको समस्याप्रति सम्वेदनशील बन्न भारतीय काङ्ग्रेसका अन्तरिम अध्यक्ष सोनिया गान्धीले बिहीबार माग गरेकी न् । 

राहतको आवश्यक पर्ने परिवारलाई तत्काल प्रति परिवार १० हजार भारतीय रूपैँया उपलब्ध गराउन र आगामी छ महिनासम्म प्रति परिवार सात हजार ५०० रूपैँयाका दरले सहयोग राशीको व्यवस्था गर्न आग्रह काङ्ग्रेस नेतृ गान्धीले गरेकी छन् ।

भारतीय काङ्ग्रेसले सञ्चालन गरेको ’स्पिक अप इण्डिया’ अभियानको सन्दर्भमा जारी एक भिडियो सन्देशमा उनले भनिन्, ‘काङ्ग्रेसले भारतको आवाज उठाउन यो सामाजिक अभियान गर्ने निर्णय गरिसकेको छ । हामी फेरि केन्द्रीय (संघीय) सरकारलाई खाँचोमा परेकालाई उपलब्ध गराउने गरी कोष खुला गर्न र राहत प्रदान गर्न आग्रह गर्दछौं ।’

उनले भनिन्, ‘सरकारले राहतको आवश्यकता भएका प्रत्येक परिवारलाई छ महिनासम्म सात हजार ५०० राहतस्वरूप उपलब्ध गराउन आग्रह गर्दछु र प्रारम्भिक राहतका लागि १० हजार रुपैयाँ तुरून्त दिनुपर्छ ।’

‘प्रवासी मजदुरहरूको सुरक्षित र निःशुल्क यात्राको लागि व्यवस्था गर्न, उनीहरूलाई आवश्यकता अनुसार घरमा पु¥याउन दैनिक खानाको अभाव हुन नदिन र खाद्यान्न सहयोगको प्रबन्ध सरकारले गरोस्,’ उनले भनिन् ।

महात्मा गान्धी राष्ट्रिय ग्रामिण रोजगार सुनिश्चित ऐन २००५ ले व्यवस्था गरे अनुरूप गाउँमै २०० दिन काम गर्ने अवसरको सुनिश्चित गर्न काङ्ग्रेस अध्यक्ष गान्धी सरकारसँग माग गरेकी छिन् । साना उद्योगहरूलाई कर्जाको सट्टामा आर्थिक सहयोग गरी करोडौँ रोजगारीका अवसर सुरक्षित गरी राज्यलाई पनि विकासको गतिबाट पछि हट्न नपर्ने अवस्थाको वातावरणको प्रत्याभूत गर्न उनले जोड दिएकी छिन् ।

यो सङ्कटको घडीमा हामी सबै नागरिकसँगै अघि बढ्ने र यो कठिन अवस्थाबाट विजय प्राप्त हुनेमा उनको विश्वास रहेको छ ।  

विगत दुई महिनादेखि देशका सबै नागरिक तथा संघसंस्थाहरूले कोभिड–१९ को महामारीको कारण कामबाट अलग्गिनु परेकोले मुलुकले चरम आर्थिक सङ्कटको सामना झेलिरहेको उनले बताएकी छिन् । 

गान्धीले भनिन्, ‘भारत स्वतन्त्र भएपछि पहिलो पटक सबैले लाखौं मजदुरहरूको पीडा भोग्नुप¥यो । उनीहरूले सयौं हजार किलोमिटरसम्मको यात्रा भोकभोकै खालि खुट्टा, भोको पेट, औषधी र साधनविना हिंड्न बाध्य भए । देशभरका हरेक हृदयले तिनीहरूको दुःख र पीडा देखेका छन् तर सरकारले यसलाई महशुस नगरेजस्तो देखिएको छ ।’ 

उनले सरकारको आलोचना गर्दै थपिन्, ‘महामारीका कारण लाखौंले रोजगार गुमाए, लाखौं व्यवसाय प्रभावित भए, कारखानाहरू बन्द भए, किसानहरूले आफुले लगाएको बाली बेच्न पाएनन् । उनीहरूका सपना खेतबारीमा नै बिलिन हुनपुगे । सारा देशले दुःख भोग्यो । तर सायद सरकारले यो महसुस गर्न सकेको छैन ।’ एएनआई

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर