• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भारतबाट नेपाल प्रवेश गर्ने जटही र खजुरी नाका अनिश्चितकालका लागि बन्द

धनुषा । भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको छ । भोकभोकै खान नपाएका कारण एक जनाको मृत्यु भएको एक दिन नबित्दै स्थानीय प्रशासनले सीमा नाकाबाट आवतजावत पूर्णरूपमा बन्द गरेको हो ।

नेपाल–भारत सीमावर्ती क्षेत्र नाका हुँदै नेपाल भित्रिनका लागि सरकारले सबै नाका खुला राखे पनि धनुषाको नाका बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले जानकारी दिए । भारतबाट नेपाल भित्रिने नेपालीको चाप एकाएक बढ्न थालेपछि प्रशासनले धनुषाको दुवै नाकामा क्वारेन्टिनसहित अन्य व्यवस्थापन गरेर पुनः नाका सञ्चालनमा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । 

सहायक प्रजिअ पोखेरलले सङ्घीय सरकारको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय धनुषाले जटही र खजुरीको नाका बन्द गरेको स्पष्ट पारे । सीमानाका बन्द भएपछि अब धनुषावासीले महोत्तरीको मुख्यनाका भिठ्ठामोड र सिरहाको माडर नाकाबाट आउन भनेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर