• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बालाजुमा मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

काठमाडौं। बालाजुमा मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

बिहीबार राती भएको सो दुर्घटनामा मृत्यु हुनेमा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढा रहेको प्रहरीले जनाएको छ । 

ठक्करपछि गम्भीर घाइते भएका एकको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र आर्का एकजनाको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

बिहीबार राति गोंगबुबाट बालाजु जाँदै गरेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकले विपरित दिशाबाट आउदै गरेको ना ६५ प २००१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर