• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

विदेशमा रहेका नेपालीकाे उद्दार प्रकृया थाल्ने उच्चस्तरीय संयन्त्रको निर्णय

काठमाडौं । कोरोना भाइरसको संक्रमणका विपद्मा परेका नेपालीहरुको उद्दारका लागि सरकारले तत्काल कदम चाल्ने भएको छ । यस अघिको मन्त्रिपरिषद बैठक नेपाली नागरिकलाई स्वदेश फर्काउन, उनिहरुलाई सुरक्षित राख्न अपनाउनु पर्ने कार्यविधि तयार पार्न निर्देशन दिएको थियो ।

शुक्रबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा यस विषयमा छलफल भएको थियो । समितिका एक सदस्यका अनुसार तयार भएको कार्यविधिलाई अब कार्यान्वयन गर्ने निर्णय समितिले गरेको छ । 

समितिको निर्णय कार्यान्वयनमा आएसँगै भारत बाहेक तेश्रो मुलुकमा रहेका नेपालीहरुको समेत उद्दार कार्य शुरु हुन् छ । विश्वका विभिन्न देशमा रहेका नेपालीहरुले विदेशमा विपद्मा पर्न थालेको गुनासो गर्दै उद्दारका लागि सरकारलाई आग्रह गर्दै आएका थिए । सोही अनुसार सरकराले आवश्यक तयारी र कार्यविधि बनाएर नेपाली नागरिक रेस्क्यू गर्न लागेको हो । 

छिमेकी देश भारतबाट भने पैदलमार्ग प्रयोग गरि हजारौंको संख्यामा नेपाली नागरिकहरु स्वदेश फिर्किरहेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर