• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कोरोनाबाट १२ सय १२ संक्रमित, मृतकको संख्या ६ 

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ६ पुगेको छ । संक्रमित हुनेहरुको संख्या भने १२ सय १२ पुगेको छ । शुक्रबाट थप १७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमितमध्ये १ सय ६५ जना पुरुष र ५ जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ जना पुगेको छ । जसमा १ हजार १ सय ३ जना पुरुष रहेका छन् भने १ सय ९ जना महिला रहेका छन् ।

देशका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले जनाएका छन् । मन्त्रालयले नेपालमा थप एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ । अर्घाखाँचीका ३५ वर्षीय पुरुष भारतबाट आउनेक्रममा बाटोमै मृत्यु भएको थियो । उनको जेठ ११ गते स्वाब परीक्षण गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर