• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रदेश दुईमा एकै दिनमा ९६ संक्रमित, संक्रतिमको संख्या ४ सय ९६ पुग्यो 

जनकपुरधाम ।  प्रदेश दुईमा एकै दिनमा ९६ जनामा कोेरोना संक्रमण पुष्टी भएको छ । प्रदेश दुईमा कोरोना संक्रमण दिन प्रति दिन बढी रहेको समयमा रौतहट जिल्लामा एकै दिनमा ७३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै सप्तरीमा ५ जनामा, धनुषामा १, सर्लाहीमा ४ जना, बारामा ४ जना र पर्सा जिल्लामा ९ जनामा कोरोना संक्रणको पुष्टी भएको हो । 

रौतहट जिल्लाको राजपुर नगरपालिका स्थित राजपुर फतवाको क्वारेन्टाईनमा रहेका ५० जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ भने रौतहटकै बोधिमाई नगरपालिका स्थित सरमझुवा क्वारेन्टाईनमा रहेका २ जना, सोही जिल्लाको मौलापुर नगरपालिका स्थित पतौरा प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाईनमा रहेका ६ जना पुरुषमा कोरोना संक्रमण पुुष्टि भएको छ । त्यसैगरी रौतहट जिल्लाकै इशनाथ नगरपालिका स्थित डुमरिया मा।वि।को क्वारेन्टाईनमा रहेका २ महिला र १३ जना पुरुषहरुमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । 

सप्तरी जिल्लाको राजबिराज नगरपालिकाका ५ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा जिल्लाको खजुरी क्वारेन्टाईनमा रहेकी बर्ष ५० की १ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही जिल्लाको कौडेना गाउँपालिकाका २ जना पुरुष तथा सर्लाही जिल्लाकै मलंगवा नगरपालिकाका १ जना पुरुष र १ जना महिलागरी कुल ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

बारा जिल्ला पचरौता गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ४ जना, पर्सा जिल्ला स्थित जिरा भवानी गाउँपालिकामा १ जना र पोखरिया नगरपालिकामा ८ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै यो प्रदेशमा हालसम्म ४ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ९८ जना प्रदेश दुईमा उपचार पश्चात निको भएर घर समेत फर्कि सकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर