'महँगा विद्युतीय गाडीमा कर बढाएको हो, सस्तामा हैन' - अर्थमन्त्री खतिवडा 

काठमाडौं। सरकारले आर्थिक वर्ष २०७७,७८ मा विद्युतीय सवारी साधन खरिद गर्दा थप कर तिर्नुपर्नेगरि करको दर बढाएपछि यस विषयमा चासो बढिरहेको थियो । ईन्धन विस्तापित गर्न र विद्युतीय सवारी साधनप्रति आम उपभोक्तालाई आकर्षित गर्न सहज वातावरण बनाउनुपर्ने माग बढिरहेका बेला सरकारले कर बढाएपछि आलोचना समेत शुरु भएको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले विहिबार आएको बजेटमा कर बढ्नुको कारणले शुक्रबार पत्रकार सम्मेलन मार्फत स्पस्टिकरण दिएका छन् । 

अर्थमन्त्री डा.खतिवडाले विद्युतीय गाडीलाई जसरी प्रोत्साहन गरिएको थियो, त्यो अनुरुप नतिजा नआएकाले कर बढाउनु परेको तर्क गरेका छन् । 

उनले भने, पेट्रोलियम खपत कम गर्नका लागि विद्युतीय सवारी साधन आयात खुकुलो पारिएको थियो। तर महँगा विद्युतीय गाडीहरु आयात भए। दुई वर्षको पेट्रोलियम आयात धान्ने पैसा विद्युतीय गाडी आयातमा जान थाल्यो। ुयही कारण हामीले विद्युतीय गाडीको कर बढाएका हौं । 

तर सस्ता मूल्यका गाडीमा कर नबढाइएको नउले बताए । सरकारले बजेटमार्फत इलेक्ट्रिक गाडीमा ८० प्रतिशत भन्सार लगाएको छ भने गाडीको क्षमता अनुसार ४० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाएको छ। सरकारले कर बढाएपछि कतिपय विद्युतीय सवारी साधनको मूल्य दोब्बरले बढेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर