रोल्पामा चट्याङ लागेर २ जनाको मृत्यु 

रोल्पा ।    रोल्पामा आज चट्याङले हानेर २ जनाको मृत्यु भएको छ । त्रिवेणी ७ गैरीगाउँ डाँडामा विहान करिव ९ः४५ बजे परेको चट्याङबाट २ जनाको मृत्यु भएको हो ।

आधीहुरीसँगै एक्कासी परेको चट्याङबाट २ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार त्रिवेणी गाउँपालिका ७ गैरीगाउँ  गुठिमधाराका चोवबहादुर बुढामगरको घरमा चट्याङ परेको थियो । चट्याङका कारणबाट त्रिवेणी ७ गैरीगाउँ लल्नीखोलाका २४ वर्षिय आशा बुढामगर र सोही गाउँका ७५ वर्षिय खिर्मा बुढामगर मृत्यु भएको हो । मृतकको शवलाई पोष्टमार्टमका लागि रोल्पा अस्पतालमा लिइएको थियो । चत्याङका कारणले आशा बुढामगरको श्रीमान सविन बुढामगर पनि घाइते भएका छन । 

आमा आशा बुढामगरसँगै रहनुभएका दुइबर्षिय बालिकाभने सकुशल रहेका छन् । पोष्टमार्टम गरी शवलाई आफन्तलाई बुझाइएको रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीमगरले बताउनुभयो ।

पोष्टमार्टम गरी घर लगेर दाससँस्कार गरीने समाजसेवी अर्जुन डाँगीले बताए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर