प्रदेश पाँच : स्थानीय तहका जनप्रतिनिधिलाई सुविधै सुविधा

बुटवल । प्रदेश पाँच सरकारले प्रदेशका स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुलाई सुविधै सुविधा दिने गरी कानुन बनाएको छ । विगतमा मासिक रुपमा पाउदै आएको पारिश्रमिक लिन नमिल्ने गरी सर्वोच्च अदालतले रोक लगाएपछि प्रदेश सरकारले स्थानिय तहका जनप्रतिनिधिलाई सुविधा दिन कानुन संशोधन गरेको हो  ।

संशोधन विधेयक संसदको अर्थ, उद्योग तथा पर्यटनसमितिले परिमार्जनसहितको प्रतिवेदन बुझाएकोमा प्रदेश सभाकोे बुधवारको बैठकले पारित गरेको छ । 

गाउँपालिकाका अध्यक्षलाई मासिक ४५ हजार ५ सय रुपैँया
प्रदेश पाँचका गाउँपालिकाका अध्यक्षले विगतमा ३० हजार पारिश्रमिक पाउँदै आएको थिए । अब उनीहरुले मासिक रुपमा यातायात सुविधा १२ हजार, पत्रपत्रिका, इन्टरनेट ४ हजार, टेलिफोन, मोवाइल रिचार्ज ३ हजार ५ सय , अतिथि सत्कार ६ हजार, जनसम्पर्क विशेष कार्यसुविधा १० हजार, खानेपानी तथा सरसफाइ ५ हजार, मर्मत संभार र विद्युत उर्जा खर्च ५ हजार गरेर ४५ हजार ५ सय रुपैँया मासिक रुपमा पाउने छन् । यसका अतिरिक्त अध्यक्षले चाडपर्व खर्च वार्षिक १५ हजार पाउने छन । त्यस्तै विगतमा बैठक भत्ता ७ सय रहेकोमा अब प्रति बैठक १ हजार रुपैँया पाउने छन् । 

उपाध्यक्षले २७ हजार पाउँदै आएकोमा यातायात सुविधा १२ हजार, पत्रपत्रिका, इन्टरनेट ४ हजार, टेलिफोन, मोवाइल रिचार्ज ३ हजार, अतिथि सत्कार ५ हजार, जनसम्पर्क विशेष कार्यसुविधा ८ हजार, खानेपानी तथा सरसफाइ ५ हजार, मर्मत संभार र विद्युत उर्जा खर्च ५ हजार गरेर ४२ हजार रुपैया मासिक रुपमा पाउने छन । उपाध्यक्षले पनि  चाडपर्व खर्च वार्षिक १५ हजार पाउने छन । त्यस्तै विगतमा बैठक भत्ता ७ सय रहेकोमा अब प्रति बैठक १ हजार रुपैया पाउने छन । 

अध्यक्ष र उपाध्यक्षले मासिक रुपमा १ सय २० लिटरका दरले सवारी इन्धन र त्रैमासिक रुपमा ५ लिटरका दरले मोविल पाउने ब्यवस्था छ । 

वडा अध्यक्षले २० हजार पाउँदै आएकोमा यातायात सुविधा १० हजार, पत्रपत्रिका, इन्टरनेट ३ हजार, टेलिफोन, मोवाइल रिचार्ज ३ हजार, अतिथि सत्कार ४ हजार, जनसम्पर्क विशेष कार्यसुविधा ६ हजार खानेपानी तथा सरसफाई २ हजार, मर्मत संभार र विद्युत उर्जा खर्च २ हजार गरी ३० हजार रुपैँया मासिक रुपमा पाउने छन । वडा अध्यक्षले चाडपर्व खर्च वार्षिक १२ हजार पाउने छन । त्यस्तै विगतमा बैठक भत्ता ७ सय रहेकोमा अब प्रति बैठक १ हजार रुपैँया पाउने छन । 

त्यस्तै, कार्यपालिका सदस्यले विगतमा मासिक १२ हजार पारिश्रमिक पाएकोमा विभिन्न शिर्षकमा १७ हजार र सभाका सदस्यले विगतमा ७ हजार पाएकोमा १० हजार ५ सय बुझ्ने भएका छन । उनीहरुले पनि चाडपर्व खर्च वार्षिक रुपमा पाउने छन । 

नगरपालिकाका जनप्रतिनिधिलाई यस्तो छ सुविधा
नगरपालिकाका प्रमुखले ३५ हजार पाउँदै आएकोमा अब यातायात सुविधा १२ हजार, पत्रपत्रिका, इन्टरनेट ५ हजार, टेलिफोन, मोवाइल रिचार्ज ४ हजार, अतिथि सत्कार ७ हजार, जनसम्पर्क विशेष कार्यसुविधा १३ हजार, खानेपानी तथा सरसफाइ ५ हजार, मर्मत संभार र विद्युत उर्जा खर्च ५ हजार गरेर ५१ हजार रुपैया मासिक रुपमा प्राप्त गर्ने छन । यसका अतिरिक्त प्रमुखले चाडपर्व खर्च वार्षिक १५ हजार पाउने छन । 

उपप्रमुखले ३० हजार पाउदै आएकोमा यातायात सुविधा १२ हजार, पत्रपत्रिका, इन्टरनेट ५ हजार, टेलिफोन, मोवाइल रिचार्ज ४ हजार, अतिथि सत्कार ६ हजार, जनसम्पर्क विशेष कार्यसुविधा ८ हजार, खानेपानी तथा सरसफाइ ५ हजार, मर्मत संभार र विद्युत उर्जा खर्च ५ हजार गरेर ४५ हजार रुपैँया मासिक रुपमा प्राप्त गर्नेछन । उपप्रमुखले पनि  चाडपर्व खर्च वार्षिक १५ हजार पाउने छन । त्यस्तै प्रमुख उपप्रमुखले इन्धन र मोविल पनि पाउने छन । 

नगरपालिकाका  वडा अध्यक्षले २५ को सट्टा ४२, कार्यपालिका सदस्यले १३ को सट्टा १८ र सभाका सदस्यले ८ को सट्टा ११ हजार रुपँैया सुविधा पाउने गरी कानुन बनाइएको छ ।, वडा अध्यक्ष, कार्यपालिका सदस्य, सभाका सदस्यले पनि चार्डपर्व खर्च थप पाउने छन । 

उपमहानगरपालिकाका प्रमुखको ५८ हजार मासिक सुविधा प्रस्ताव
त्यस्तै महानगर तथा उपमहानगरपालिकाका जनप्रतिनिधिका लागि एउटै सुविधा तोकिएको छ । प्रदेश पाचमा महानगरपालिका रहेका छैनन । 

उपमहानगरपालिकाका प्रमुखले ४० हजार पाउदै आएकोमा अब यातायात सुविधा १२ हजार, पत्रपत्रिका, इन्टरनेट ५ हजार, टेलिफोन, मोवाइल रिचार्ज ५ हजार, अतिथि सत्कार ९ हजार, जनसम्पर्क विशेष कार्यसुविधा १५ हजार, खानेपानी तथा सरसफाइ ६ हजार, मर्मत संभार र विद्युत उर्जा खर्च ६ हजार गरेर ५८ हजार रुपैया मासिक रुपमा बुझ्न पाउने भएका छन । यसका अतिरिक्त चाडपर्व खर्च वार्षिक १५ हजार पाउने छन ।

उपप्रमुखले ३५ पाउदै आएकोमा ५२ हजार, वडा अध्यक्षले २६ हजार पाउदै आएकोमा ४४ हजार, कार्यपालिका सदस्यले १५ हजार पाउदै आएकोमा २० हजार र सभाका सदस्यले ९ हजार पाउदै आएकोमा १३ हजार पाउने भएका छन । उनीहरुले पनि विभिन्न शिर्षकमा सुविधा पाउने ब्यवस्था गरिएको छ । मेयर र उपमेयरलाई इन्धन र मोविल सुविधा पनि राखिएको छ । त्यस्तै चाडपर्व खर्चको पनि ब्यवस्था गरिएको छ । चाडपर्व खर्च ८ हजार देखि १५ हजारसम्म पाउने छन । 

जिल्ला समन्वय समितिका पदाधिकारीलाई पनि सुविधै सुविधा
प्रदेश पाचका जिल्ला समन्वय समितिका प्रमुखले विगतमा मासिक ४१ हजार पारिश्रमिक रहेकोमा अब यातायात सुविधा १२ हजार, पत्रपत्रिका, इन्टरनेट ५ हजार, टेलिफोन, मोवाइल रिचार्ज ५ हजार, अतिथि सत्कार ७ हजार, जनसम्पर्क विशेष कार्यसुविधा १५ हजार, खानेपानी तथा सरसफाइ ७ हजार, मर्मत संभार र विद्युत उर्जा खर्च ७ हजार गरेर ५८ हजार रुपैया मासिक रुपमा पाउने छन ।

त्यस्तै, चाडपर्व खर्च वार्षिक १५ हजार पाउने छन । त्यस्तै मासिक १ सय २० लिटर सवारी इन्धन पनि पाउने भएका छन । त्यस्तै, त्रैमासिक रुपमा ५ लिटर मोविल पनि पाउने छन । 

उपप्रमुखले विगतमा ३६ हजार पाउँदै आएकोमा अब यातायात सुविधा १२ हजार, पत्रपत्रिका, इन्टरनेट ५ हजार, टेलिफोन, मोवाइल रिचार्ज ५ हजार, अतिथि सत्कार ७ हजार, जनसम्पर्क विशेष कार्यसुविधा १२ हजार, खानेपानी तथा सरसफाइ ६ हजार, मर्मत संभार र विद्युत उर्जा खर्च ६ हजार गरेर ५३ हजार रुपैया प्राप्त गर्नेछन ।

उपप्रमुखलाई पनि इन्धन र मोविल प्रमुखलाई बराबर दिने उल्लेख छ ।  जिल्ला समन्वय समितिका सदस्यले विगतमा १६ हजार पाउदै आएकोमा अब विभिन्न शीषकमा २१ हजार पाउने छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर