‘पाताल लोक’ विवाद : अनुष्का भन्छिन् –हामीले समाजको चित्र देखाएका हौँ

एजेन्सी । अभिनेत्री अनुष्का शर्माले निमार्ण गरेको वेब सिरिज ‘पाताल लोक’  विवादमा परेको लामो समय भयो । सिररिजको दोस्रो एपिसोटमा एक महिला प्रहरीले नेपाली नेपालको नाम जोडेर एक नेपालीलाई निकै तुच्छ शब्द बाेलेपछि विवादमा आएको हो । विवादमा आए लगतै नेपाल तथा भारतमा अनुष्का शर्माको तीव्र विरोध भइरहेको छ । उनको नाममा उजुरीसमेत दर्ता भएको अवस्था उनी भने निकै खुसी छिन् । उनले यसबारे एक भारतीय मिडियासँग कुराकानी गरेकी छिन् ।

अनुष्कालाई अपराधीलाई नसकारात्मक अमानवीय तरिकाले किन देखाउन खोजिएको भन्ने प्रश्न सोधिएको थियो यसमा उनले भनिन् , ‘हामीले अपराधीलाई सकारात्मक मानवीय तरिकाले देखाउने कोसिस गरेका होइनौं । हामीले त हरेक व्यक्तिको पछाडि एउटा कहानी हुन्छ र उसले जे गर्छ, जहाँ ऊ हुर्किएको छ, त्यसैलाई आधार मानेर नै ऊ समाजमा चित्रित हुन्छ । हामीले समाजको चित्र देखाएका छौं । यसमा सही वा गलत छुट्याउने अधिकार दर्शकलाई नै छोडिदिएका छौं ।’

उनी भन्छिन, ‘कहानी, पात्र र परिवेशको निकै नजिक रह्यौं । आज जब शो चर्चामा छ, यसको प्रशंसा भइरहेकोले मलाई निकै खुसी लागिरहेको छ । इन्डियाको निकै राम्रो थ्रिलर वेब शो हामीले बनाएका छौं भन्ने सुन्दा निकै खुसी लाग्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर