• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

डब्ल्यूएचओसँग सबै सम्बन्ध तोडेको राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।

कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।


शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं । अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा दिनेछौँ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर