• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

आजको मौसम : काठमाडौंसहित अधिकांश स्थानमा हावाहुरी र वर्षाको सम्भावना

काठमाडौं । आज (शनिबार) पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखा अनुसार बिहानैदेखि देशैभरको मौसम बदली भएको छ भने पश्चिम तराई, नवलपरासी, भरतपुरलगायत स्थानमा  अहिले वर्षा पनि भइरहेको छ ।काठमाडौं उपत्यकाका पनि केही स्थानमा सिमसिम पानी पर्न सुरु भइसकेको छ । 

आज राति पनि देशभर मौसम सामान्य बदली रही केही स्थानमा   मेघगर्जनरचट्याङरहावाहुरीसहित  वर्षा जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाले जनाए अनुसार अहिले देशमा पश्चिमी  वायुको आंशिक प्रभाव छ भने पूर्वी भूभागनजिकै निम्न चापीय रेखा पनि छ । यसैगरी स्थानीय वायुको प्रभावका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि नेपाल प्रवेश गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर