• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

टेलिभिजनको प्रत्यक्ष रिपोर्टिङ गर्दागर्दै सीएनएनका पत्रकारको हातमा हतकडी

एजेन्सी । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका एक पत्रकारलाई टेलिभिजनमा प्रत्यक्ष रिपोर्टिङ गर्दागर्दै पक्राउ गरेको छ । प्रहरीले मिनियापोलसमा भइरहेको प्रदर्शनको समाचार सम्प्रेषण गरिरहेका बेला उनी पक्राउ पछि रिहा भएका हुन् ।

प्रहरीले सिएनएनका पत्रकार ओमार जिमिनेजलाई हट्न भनेको थियो तर उनी नहटेपछि प्रहरीले तुरुन्तै हतकडी लगाएको थियो ।


 
जर्ज फ्लोइड नाम गरेका अश्वेत व्यक्तिको प्रहरी हिरासतमै निधन भएपछि मिनियापोलसहित अमेरिकाका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ ।

मिनियापोलसमा प्रदर्शनको प्रत्यक्ष रिपोर्टिङ्ग गरिरहेका बेला प्रहरीले सिएनएनका पत्रकार ओमार जिमिनेजलाई हतकडी लगाइएको हो ।

पत्रकार जिमिनेज स्थानीय समय अनुसार शुक्रबार बिहान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिरहेका थिए, सोही क्रममा उनी पक्राउ गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर