• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

संविधान संशोधनका विषयमा धारणा तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्दीय कार्यसमिति बैठक आज बोलाइएको छ । संविधान संशोधनमा आधिकारिक धारणा तय गर्न बैठक बस्न लागेको हो ।  पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा सरकारले गत शुक्रबार संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयकका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले समाचारदैनिकलाई जानकारी दिए । 

भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, र कालापनी समेटेर सरकारले गत बुधबार नयाँ नक्सा जारी गरेपछि निसान छाप परिवर्तन गर्न भन्दै सरकारले गत शुक्रबार संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो।

सरकारले बुधबार संविधान संशोधन विधेयक संसदमा पेश गर्ने तयारी थियो। तर, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समय माग गरेका कारण संसदको कार्यसूचीमा चढेको संविधान संविधान संशोधन विधेयक अन्तिम समयमा कार्यसूचीबाट हटाइएको नेकपाका नेताहरुले बताउदै आएका छन् कांग्रेसका नेताहरुले भने आफुहरुलाई थाहा नै नदिइ कार्यसूचीमा राखिएको र हटाउदा पनि पनि आफुहरुलाई नै दोष लगाएको भन्दै आपत्ती जनाउदै आएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर