जब सलमान खानले सोनम कपुरको सलले पसिना पुछे‍..

मुम्बई । बलिउड अभिनेता सलमान खान लकडाउनको समयमा पनवेल स्थित फार्म हाउसमा परिवार र केही साथीहरुको साथमा रमाइरहेका छन् । यसैबीच सलमानका केही तस्बिर तथा भिडियो सार्वजनिक भएका छन् । लकडाउनकै समयमा उनले आफ्नो गीत पनि सार्वजनिक गरेका छन् । 

लकडाउनको क्रममा मानिसहरु धेरै फुर्सदमा छन् जसका कारण पुराना भिडियोहरु हेरेर रमाइ रहेका छन् । यही क्रममा सलमान र सोनम कपुरको एक भिडियो भाइरल भएको छ । 

भिडियोमा सलमान र सोनम एक कार्यक्रममा छन् जहाँ उनीहरुलाई निकै गर्मी भइरहेको छ यही क्रममा सलमानले सोनमको सलले आफ्नो पसिना पुछेका छन् जुन सोनमलाई मन परेको जस्तो देखिदैन । उक्त भिडियो सामाजिक सञ्चालमा चर्चामा छ । 


 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

????????

A post shared by Bollywood 1M???? (@lnbollywood) on May 15, 2020 at 10:58am PDT

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर