• बुधबार ३-२४-२०७७/Wednesday 07-08-2020/ 10:01 am

झापाका स्थानीय तहलाई ६ अर्ब ५६ करोड बजेट

भद्रपुर ।  सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्ष २०७७ ÷७८ का लागि प्रस्तुत बजेटमा झापाका १५ स्थानीय तहलाई रु छ अर्ब ५६ करोड ४८ लाखको बजेट विनियोजन गरिएको छ । 

यो चालू वर्ष २०७६÷७७ को भन्दा रु एक अर्ब ४० करोड ८९ लाख बढी हो । चालू वर्षका लागि सरकारले झापामा रु पाँच अर्ब १५ करोड ५९ लाख बजेट विनियोजन गरेको थियो । आठ नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा नगरपालिकामध्ये सबैभन्दा बढी मेचीनगरमा रु ७० करोड ७७ लाख र गाउँपालिकामध्ये सबैभन्दा बढी कमलमा रु ४६ करोड ४१ लाख विनियोजन गरिएको छ । 

दमक नगरपालिकाका लागि रु ६६ करोड २६ लाख, विर्तामोडका लागि रु ६० करोड ४८ लाख, गौरादहलाई रु ४३ करोड ५६ लाख, शिवसताक्षीलाई रु ५२ करोड ३० लाख, भद्रपुरलाई रु ४५ करोड २१ लाख, अर्जुनधारालाई रु ४३ करोड २९ लाख र कनकाई नगरपालिकाका लागि रु ३३ करोड ७८ लाख विनियोजन गरिएको छ । 

यसैगरी कचनकवल गाउँपालिकाका लागि रु ३७ करोड ५१ लाख, गौरीगञ्जलाई रु ३० करोड ८८ लाख, झापालाई रु ३१ करोड २४ लाख, बाह्रदशीलाई रु २९ करोड ६१ लाख, बुद्धशान्तिलाई रु ३३ करोड ५२ लाख र हल्दिबारी गाउँपालिकाका लागि रु ३१ करोड ६६ लाख विनियोजन गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना जितेर घर फर्केका युवकले आत्महत्या गरे

  • २३ असार, २०७७

पाल्पा । पाल्पामा कोरोना जितेर घर फर्किएका एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको रम्भा गाउँपालिका ४ हुमिनका २० वर्षिय युवाले कोरोना जितेर घर

जनकपुरधाममा फोहोर व्यवस्थापनका लागि जग्गा अभाव, नगर दुर्गन्धित [फोटोफिचर]

  • २३ असार, २०७७

जनकपुरधाम । जनकपुरधामको नगर भित्रको सडकहरु अहिले चिल्ला भईसकेका छन् । सडकहरु त चिल्ला छन् तर विगत केही दिनयता देखि फोहोर उठ्न नसक्दा नगरका मुख्य बजार

बजेट आएको तीन सातासम्म चल्न सकेन प्रदेशसभा, प्रतिपक्षीको अवरोध जारी 

  • २३ असार, २०७७

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक लगातार सातौं पटक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीले