• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

'यो देश'

बाख्रा सँग बाघ हिडछ, भ्यागुताले सर्प निल्छ
सियो भित्र हाती छिर्छ, जे गरे नी यहाँ मिल्छ
जस्तो सुकै काम हुन्छ धाक देखाइ नाँउको ।
यो देश'

फलाम र टीनलाई रजतको लेप लगाई
बेची दिन्छु बजारमा नूनलाइ सुन बनाई
खल्ती खोसी पैसा झिक्छु सीमा छैन भाउको ।
यो देश'

जे सुकै म गर्न सक्छु सत्तासम्म जानलाई
मान्छे कति मारे मैले तलब भत्ता खानलाई
ढुक्का थापी बस्ने गर्छु सँधै आफ्ना दाउको।
यो देश'

मर्नेले शहादत पाए, जिउनेले न राहत पाए
मेरो पछि हिडने जम्मै पेट भरी खान पाए
पाए जति सबै खाए बाँकी बस्यो साउको।
यो देश'

जे म भन्छु त्यो नै गर, म छँदा नि केको डर
सुन्नेलाइ सुनको माला, बोल्नेलाई दोब्बर कर
यति सार्हो पीडा दिन्छु ओखती छैन घाउको।
यो देश'

वर्षौ दिनका मिहीनेत बुद्धि विवेक लागत
मै सँग नै जनमत, मै सँग नै ताकत
कानून पनि मेरै, तिम्रो दुख्छ किन टाउको ।
यो देश'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर