• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघ्यो 

काठमाडौं । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघेको छ । ६१ लाख ४९ हजार संक्रमित मध्ये लाख २७ लाख २९ हजार उपचार पछि निको भएका छन् ।

सक्रमित मध्ये ५३ हजार ४ सय बढीको अबस्था गंभीर छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५ नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ८६ हजार बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय बढीको मृत्यु भएको छ ।

ब्राजिलमा ४ लाख ९८ हजार बढी संक्रमित हुंदा करिब २८ हजार ८ सय बढीको मृत्यु भएको छ ।

उता जर्मनीमा १ लाख ८३ हजार बढी संक्रमित र ८ हजार ६ सयको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ९ सय ९९ जना कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ छ ।

रसियामा ३ लाख ९६ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ४ हजार ५ सय नाघेको छ ।

यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ८१ हजार नाघ्दा ५ हजार १ सय बढीको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर