• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

भर्चुअल साहित्य सन्ध्यामा राष्ट्रियताका सिर्जना

काठमाडौं  । साहित्य सन्ध्याले भर्चुअल माध्यमबाट आफ्नो ४०५औँ मासिक शृङ्खला आयोजना गरी राष्ट्रियतासम्बन्धी रचना वाचन गराएको छ । कार्यक्रममा प्रा डा हेमनाथ पौड्याल, गोपाल बराल, बद्री भिखारी, हरि तिमिल्सिना, नन्दु उप्रेती, डा बालचन्द्र मिश्र, अनिता लामा, प्रा डा पशुपतिनाथ तिमिल्सिना, प्रा डा खेम दाहाल, प्रा जगत् उपाध्याय ‘प्रेक्षित’, तिला गौतम लेकाली, इलामबाट बालकृष्ण लामिछाने, डा हिरण्यलाल रेग्मी, डा राजेन्द्र अधिकारी, डम्बर पहाडी, गायत्री चापागाईँ, रामदेव पाण्डेय, भारती न्यौपाने, डा देवी नेपालले रचना प्रस्तुत गरेका थिए । 

यसैगरी हरिहर खनाल, स्नेह सायमी, लक्ष्मी माली, देवकी तिमिल्सिना, यज्ञ पौडेल, अर्जुन अन्योल दाहाल, नर्मदेश्वरी सत्याल, वासुदेव अधिकारी, जयन्ती स्पन्दन, डा हरिप्रसाद सिलवाल, गङ्गा कर्माचार्य, गीता सापकोटा, प्रेमराज सिलवाल, देवु लुइँटेल, परशुराम पराशर, पवन सङ्ग्रौला, नवराज खतिवडा, चेतनाथ धमला, गोपाल मैनाली, रमेश पोखरेल, विधान आचार्य र राम विनयले आ–आफ्ना समसामयिक कविता, गीत, गजल, हाइकु वाचन गरेका थिए । 
 
वाचन गरिएका सिर्जनामाथि टिप्पणी गर्दै प्रा केशव सुवेदीले स्रष्टाका सिर्जना सामयिक भए पनि प्रस्तुति शालिन हुनुपर्नेमा जोड दिए । साहित्यकार देविका तिमिल्सिनाले कवितामा राष्ट्रियताको भावना सशक्त रहेको भन्दै कुनै पनि मुलुकले नेपाली भूमि मिच्न खोजेमा स्रष्टाहरु एक हुनुपर्ने बताए ।
 
प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले वाचन गरिएका कविताले नेपाली राष्ट्रियताको रक्षाका पक्षमा दर्बिलो वकालत गरेको बताए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर