• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

महामारीसँगको लडाईंमा हामी ‘अर्थनीतिको युद्ध’ चाहदैनौं

‘वार सोसियलिज्म’(युद्ध समाजवाद) शब्दको प्रयोग चाँडै नै एक यस्तो अर्थव्यवस्थाको अवधारणाका साथ गरिन थालियो । जसको प्रयोग सैन्य आपूर्ति तथा राजनीतिक विशिष्ट वर्गको शक्तिलाई सुरक्षित राख्नका साथै श्रमिकको असन्तुष्टिलाई कम गर्नका लागि प्रयोग गरिन्छ । 

थुप्रै विशेषज्ञहरुले कोभिड–१९ को सामना गर्न अत्याधिक मात्रामा सरकारी हस्तक्षेपलाई विश्व युद्धका दौरान राज्यको संशाधन परिचालनसँग तुलना गरेका छन् । तर, यो ‘युद्ध समाजवाद’ कहिल्यै पनि मानवीय आवश्यकताहरुलाई पुरा गर्नमा देखिएन । आज यसलाई नीजि पुँजीको रुपमा प्रयोग गरिएको छ । 

पश्चिमी नेताहरुले आफ्नो खेलमा वाम दलहरुलाई हराएका छन् । एक कन्जरभेटिभ ब्रिटिश प्रधानमन्त्री लेबर पार्टीको सन् २०१९ को घोषणापत्रको आधा हिस्सालाई लागू गर्नका लागि आएका छन् । ट्रम्प ठूला अमेरिकी निगमहरुको उत्पादन निर्णयलाई सिधा हस्तक्षेप गरिरहेका छन् । र जर्मनको सबैभन्दा ठूलो बहुमत सरकारले सम्पूर्ण अस्पताल, हेरचाह घर तथा समान संस्थाहरुमा कर्मचारीहरुका लागि निःशुल्क खाना तथा पेय पदार्थ प्रदान गरिरहेको छ । 

एक पटक फेरि स्थापित मिडियाले ‘अब हामी सबै समाजवादी हौं’ नारा घोषणा गर्नुको कारणहरु छन् । जस्तो न्यूजविक पत्रिकाले ओबामा कार्यकालमा ७८७ बिलियन डलरको प्रोत्साहन प्याकेज सन् २००९ को सुरुवातमा वित्तीय संकटको उचाईका दोरान पारित गरेकापछि गरेको उदाहरण छ । 

त्यसको केही महिनाअघि चर्चित पत्रिका न्यूजविकले अमेरिकी राष्ट्रपतिले अमेरिकी ठूला बैंकहरुमा स्थिर गर्ने प्रयासका लागि भारी लगानी गर्ने योजना घोषणा गरेपछि भेनेजुएलाका तत्कालिन राष्ट्रपति ह्युगो चाभेजले ‘कमरेड बुस, अब मेरो वाम पक्ष भएको’ भनी गिज्याएको समाचार कभर गरेको थियो । 

त्यसपछि, अहिले ‘नव–उदारवाद नीति’लाई समाप्त पार्नु पछाडीको उद्देश्य स्पष्ट भएको छ । पँुजीवादलाई कुनै पनि हालतमा बचाउन आवश्यक छ । 

‘समाजवादलाई हटाउनका लागि हामी संक्षेपमा समाजवादी बन्नुपर्छ’, गत मार्चमा बेलायतको एक अनुदार पत्रिका ‘द टाइम्स’का एक वरिष्ठ सम्पादकले भने । तर पुँजीवादलाई बचाउनका लागि कस्तो प्रकारको समाजवाद उपयोग गरिनुपर्छ र यसको ‘सहयोजना’ले हाम्रो लागि कस्तो अर्थ बोक्छ ? यी प्रश्नहरु सधैं रहन्छन ।
.........
‘युद्ध समाजवाद’ र यसका असन्तुष्टिः
कोहीका लागि यतिबेलाको सन्दर्भहरु गजबका छन् । ‘फाइनान्सियल टाइम्स’का सम्पादकदेखि लिएर स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसम्म ‘यो एक युद्ध अर्थनीति हो ।’ र यो एक ऐतिहासिक सन्दर्भको एक उपयोग पनि हो । जब उनीहरु प्रथम विश्व युद्धका दौरान राष्ट्रिय संशाधनहरुमाथि ध्यान केन्द्रित गर्थे, प्रमुख युरोपेली सरकारहरुले मुख्य औद्योगिक सयन्त्रहरु, श्रम बजार, खाद्यान्न मूल्यमा नियन्त्रण जमाए । यो एक यस्तो कदम थियो जो निजी पँुजीवादको निर्णयहरुप्रति उनीहरुको पछिल्लो खुकुलो रवैयाको विपरित उभिएको थियो । 

त्यस समयमा पनि केही वामपन्थी पर्यवेक्षकहरुले राज्यको योजना र पुनर्वितरणका यी उदाहरणहरुलाई पूर्ण समाजवादतर्फ आसन्न प्रगतिको रुपमा लिए । सन् १९१५ मा ‘युद्ध समाजवाद’को यस सिद्धान्तको सबैभन्दा पहिलो प्रस्तावक सोसियल डेमोक्र्याट पल लेन्चले सबै जनसंख्यालाई खाद्य सुरक्षा प्रधान गर्ने जर्मन राष्ट्रको प्रयासको समान्तावादी मुलमा जोड दिँदै लेखे ।  यद्यपि, उत्तर–आधुनिकतावादी परिवर्तनको बिउ जस्तो देखिन्थ्यो त्यो । पश्चिमी युरोप आफैंमा पनि एक सफल क्रान्ति उत्पन्न गर्न सकेन । 

‘वार सोसियलिज्म’(युद्ध समाजवाद) शब्दको प्रयोग चाँडै नै एक यस्तो अर्थव्यवस्थाको अवधारणाका साथ गरिन थालियो । जसको प्रयोग सैन्य आपूर्ति तथा राजनीतिक विशिष्ट वर्गको शक्तिलाई सुरक्षित राख्नका साथै श्रमिकको असन्तुष्टिलाई कम गर्नका लागि प्रयोग गरिन्छ । 

फेरि पनि यो ‘समाजवाद’को एक नक्कल हो, जो पुँजीवादको सामान्य कामकाजलाई बहाल गर्ने हितमा काम गर्छ । बेलायतमा प्रधानमन्त्रीहरु ल्योड जर्ज र चर्चिल र अमेरिकी राष्ट्रका मन्त्रीहरु विल्सन तथा रुजवेल्ट, उनीहरु अस्थायी रुपले सार्वजनिक स्वामित्व, आत्मनिर्भरता र सामूहिक जिम्मेवारीको रुपमा समाजवादको लोकप्रिय छवि जस्तै देखिने केहीसँग प्रेरित थिए । 

यथास्थितिलाई संरक्षण गर्ने समग्र उद्देश्यका बाबजुद पनि यी अस्थायी कार्यक्रमहरुले पुँजीवादी सामान्यताको प्रत्याशित फिर्ताका लागि केही जोखिम उठाए । इतिहासकार क्विन स्लोबाडियन लेख्छन्– ‘रुजभेल्टको आर्थिक लोकतन्त्रको बाचाहरु युद्ध जित्नका लागि समतावादको भूतलाई बोतलबाहिर निकालदियो र यसमा पुनः फर्काउन निक्कै कठिन हुनेछ ।’ 

जब सन् १९४५ मा युद्धसँग सम्बन्धित उद्योगहरुलाई समाप्त पारियो र केही मूल्यमा नियन्त्रणहरुलाई हटाइयो । अमेरिकामा हड्ताल गरिरहेका लाखौं श्रमिकहरुलाई देशको सम्पतिका रुपमा रहको धेरै सेयरको माग गरे । 

युरोपमा युद्धोत्तर सरकारहरु युद्धकालीन राज्य योजना र राष्ट्रियकरणको सफलताहरुबाट प्रेरित थिए । जो उनीहरुको प्रारम्भिक ढाँचा तथा सामाजिक सेवाहरुको सम्पूर्ण प्रकारको पुर्ननिर्माणको प्रयास थियो । तर संयुक्त राज्य अमेरिकामा हड्तालको लहर पछि हट्ने तथा प्रमुख व्यापार संघ राणनीतिसँगै सन् १९४५ पछि पुँजीवादको रिबूटको अस्तित्वको खतरा समाप्त भयो । त्यसैगरी युरोपमा रुढीवादी आर्थिक योजनालाई सामाजिक आर्थिक परिवर्तनको अन्तिम विन्दुको रुपमा व्यवहार गरियो ।
........
दक्षिणपन्थीको सीमित समाजवादी कल्पनाः
आजको युद्ध समाजवादबाट हामी दुई महत्वपूर्ण पाठ सिक्न सक्छौँ । पहिलो, जति पनि वामपन्थीहरुले बेलायत, अमेरिका र विश्वका अन्य थुप्रै भागमा मितव्ययिता, अभाव तथा कल्याणकारी राज्यमा बद्लिदो उपदेशमा सफलता हासिल गरे, हामी अहिले समाजवादी नीतिहरु जस्तो देखिने प्रस्तावनाको उत्सव नमनाउनका लागि सचेत हुुनुपर्छ । विगतमा जस्तै यी उपायहरुलाई यथास्थितिको असमानताहरुलाई हटाउनु भन्दा राखिरहने विशिष्ट उद्देश्यका साथ प्रस्तुत गरिंदैछ । 

आफ्नै पर्याप्त नीतिहरुको अभावसँगै बेलायतमा बोरिस जोन्सनले जेरेमी कार्बिनको कट्टरपन्थी मञ्चको केही भागलाई अपनाएका छन् । अमेरिकामा पनि यस्तै भयो, ट्रम्प प्रशासनले ठूला अमेरिकी प्रविधि फर्मको सार्वजनिक स्वामित्वलाई हेर्दै बीमा नभएकाको पनि कोभिड–१९ को उपचारको खर्च उठाउने योजना बनाइरहेको छ । 

तर, मार्केल, म्याक्रोन, जोन्सन र ट्रम्प, यी सबै नेताहरु युद्ध समाजवादीहरुको अगाडी एउटै लक्ष्यको पछि लागिरहेका छन् । आपतकालको सबै सम्मिलित कार्य र आउन लागेको अकाट्य आर्थिक झट्काका लागि जनसंख्या जुटाउनका लागि र साधारण पुँजीवादी शोषण

पछिल्ला पुनरावृत्तिहरु जस्तै आजको ‘युद्ध समाजवाद’ पनि समाजवादको जस्तो लाग्ने नक्कली भर्सन जस्तै देखिन्छ र नजिकसम्म पुग्न पनि असफल छ । एन्ड्रिउ याङ्गको प्रशंसकद्वारा सेयर गरिएको मिम्समा एक यस्तै नक्कल देखिन्छः याङल्याण्डमा सूर्य डुब्छ, रोबर्टले हाम्रो सबै काम गर्नेछ र प्रत्येक वयस्कलाई हरेक महिना एक हजार डलर पाउँनेछन्, आफूलाई मन लागेको कुरामा खर्च गर्न पाउनेछन् । 

वास्तवमै कोभिड–१९ को समयमा एक सर्वव्यापी आधारभूत आय(युबिआई)का पुराना विचार निक्कै संकुचन प्राप्त गरिरहेको छ । स्पेनको वामपन्थी सरकार एक मूल आयको नजिक पुग्नका लागि हालको योजनाहरुलाई लागू गर्नका लागि द्रुत गतिमा अघि बढिरहेको छ र थुप्रै अमेरिकी नागरिक तथा ग्रीन कार्ड पाएकालाई १२ सय डलरको ‘वन टाइम पेमेन्ट’ प्राप्त गरेका छन् जसलाई योङ्गको प्रस्तावहरुसँग तुलना गरिएको छ । 

पहिलो अवस्थामा, यी उपायहरुले थुप्रै पश्चिमी तथा दक्षिण पूर्वी एशियाली राज्यद्वारा गरिइएको श्रम ग्यारेन्टीको तुलनामा अझ बढी प्रभावकारी ढंगले गम्भीर धन असमानताहरुलाई समतल बनाउँछ । 

त्यसैगरी, स्पेन तथा अमेरिकी मूल आयको संस्कारणले पनि यसको सीमाहरुलाई स्पष्ट पार्छ । स्पेनमा मासिक रकम बाँच्नका लागि निक्कै कम जस्तो देखिन्छ । अमेरिकामा ‘वनटाइम’ ‘प्रोत्साहन चेक’को मुख्य अभाव भनेको यो सर्वव्यापी नहुनु होः भिसा नभएका लाखौं गैर–अमेरिकी नागरिकका साथै ‘आश्रित’ जस्ता कलेजका विद्यार्थीहरुले नगद भुक्तानी पाउँदैनन् । 

एक अर्को समाजवादी ‘क्लिचे’, जो वर्तमान समयमा महामारीसँग जुधिरहेको सरकारहरुलाई प्रेरित गरेको जस्तो देखिन्छ । यो सार्वजनिक हितको सेवामा एक उग्रवादी श्रमिक वर्गको परिचालन हो । बेलायतमा त्यहाँको स्वास्थ्य तथा सामाजिक हेरचाह प्राणालीमा सहयोग गर्न स्वयंसेवकका लागि सरकारले गरेको आह्वानमा केही दिनमै दशौं हजार मानिसले जवाफ दिएका थिए । फ्रान्स, इटाली तथा जर्मन सरकारहरुद्वारा प्रशिक्षित तथा अप्रशिक्षित स्वयंसेवकहरुको भर्तिका लागि सानो प्रयास गरिएको छ । 

फेरि पनि, अप्रशिक्षित स्वयंसेवकहरुलाई भुक्तान गरिएको छैन, जो अपेक्षाकृत विशेषाधिकार प्राप्त छ उनीहरुको तुलनामा यिनीहरु स्वयंमसेवक हुने सम्भावना बढी छ । प्रायः यिनीहरुलाई सिमान्तकृत सामाजिक पदमा छन् । जो हेरचाहको जिम्मेवारी निभाउँछन् । यहाँसम्म कि स्वयंसेवी नर्स तथा चिकित्सकहरुलाई उनीहरु यस कार्यक्रमको माध्यमबाट पर्याप्त भुक्तानी गरिने हो वा होइन भनि सुनिश्चित गरिंदैन । 

राजनीतिक तथा आर्थिक उच्च वर्गका लागि समाजवादको अत्यन्त सरल संस्करणहरुलाई महशुस गर्न असमर्थ हुनु पनि एक गुण हो । जस्तो कि विगतमा सन् १९५४ तिरको अन्त्यमा ‘भूत’लाई पुनः बोतलमा राख्न सकिनेछ । एक सर्वमान्य मूल आयको परिकल्पित समतावादको अनुमति दिनु वा ठूलो मात्रामा सामुदायिक सक्रियातामा लागिरहने सामूहिक भावनाका लागि निक्कै खतरनाक हुनेछ । तर यसले हामीमध्ये कोहीलाई कहाँ छोड्छ जो स्वतन्त्र समाजलाई देख्न चाहान्छन् र यसका लागि काम गर्न तयार छन् ?
.......
फ्रन्ट फूट अगेनः
दोश्रो महत्वपूर्ण पाठ हामी जसलाई ‘युद्ध समाजवाद’को ऐतिहासिक कालखण्डबाट कोर्न सक्छौं, जसमा हामी उनीहरुले के प्रस्ताव गरे त्यसलाई लिएर नरम नहुनु हो । 

के हामीलाई साँच्चिकै थाहा छ त एक सफला समाजवादी(कम्युनिष्ट वा मुक्त) समाज कस्तो देखिएला ? पक्कै पनि, स्थापित राजनीतिज्ञ र व्यापारीहरु यस प्रश्नसँग गहिराईबाट उदासिन छन् । तर हामीले उनीहरुले नेतृत्व र धारणालाई पालना गर्नु हुँदैन जसमा वर्तमान प्रगतिशील दर्शनहरु त्यही छन् । अन्ततः वर्तमान दर्शन विशेष समय तथा स्थानमा निहित छन् । यी सबैले जवाफ दिंदैनन् र केही हदसम्म राजनीतिक संघर्षको माध्यमबाट उनीहरु आफैंलाई आविष्कार गर्नुपर्यो । 

वर्तमान समयमा केन्द्र तथा दक्षिणपन्थी सरकारहरुद्वारा कार्यान्वयन गरिएको नगद भुक्तान तथा स्वयंमसेवक कार्यक्रमलाई वाम दलहरुले कसरी जवाफ दिनुपर्छ ? युबिआईको प्रस्तावलाई रेखांकित गर्ने यस प्रश्न जीवनको मूलभूत आवश्यकताहरुका साथ सबैलाई कसरी प्रदान गर्न सकिन्छ भन्ने बताउँछ । तर विशेषगरी यस्तो समयमा जब आर्थिक उत्पादन, आपूर्ति श्रृंखला तथा उपभोक्ता बजारहरु बन्द छन्, भने यदि तपार्इं आफ्नो चाहना वा आवश्यकताहरुका सामग्री खरिद गर्न सक्नुहुन्न भने राम्रो ‘फ्रि मनी’ के हो त ?

वैकल्पिक विचारहरुको कमी छैन । आगामी महिनाहरुमा वामपन्थीको कार्यक्रममा केही ‘सर्वमान्य मूल सेवाहरु’को चरणबद्ध परिचय सहभागी हुनसक्छ । सुरुवातमा स्वास्थ्य हेरचाह तथा मुख्य खाद्य पदार्थ, तर सुरक्षित आवास (बेलायत तथा अमेरिकामा बेघर जनसंख्याको एक भागलाई प्रदान गरिएको छ) र चाइल्डकेयर (स्कूल नर्सरी बन्द भएको अवस्थामा पनि काममा जाने आमा–बुबाका लागि) । यी सेवाहरु ‘मूलभूत अर्थनीति’को रुपमा हेर्न सकिन्छ, जसको पहुँच हाम्रो आय वा उपभोग निर्णयमा छोडिनु हुँदैन । सन् १९१७ अक्टोबरको क्रान्तिअघि ‘डुअल पावर’को महिनादेखि ब्ल्याक प्यान्थरद्वारा संचालित सामुदायिक हेरचाह कार्यक्रमसम्मका थुप्रै ऐतिहासिक अनुभवहरुले हामीलाई यस प्रकारको दृष्टिकोणलाई अगाडी बढाउन मद्दत गर्छ । 

संक्षेपमा कोभिड–१९ युगका लागि एक ठोस दोश्रो मागले ती सम्पूर्णलाई नामंकन गर्नसक्छ । जो यतिबेला बेतलबी छुट्टीमा छन् वा तिनीहरुको रोजगारी गुम्न सक्छ । एक सामूहिक कार्यक्रम जसको माध्यमबाट स्वास्थ्य हेरचाह, खाद्यान्न, सुरक्षित आवास तथा बालबालिका हेरचाहलाई निःशुल्क पहुँचलाई लागू गरिन्छ । एक महामारीसँग जुध्ने सामाजिक भावनाले अन्ततः श्रमिक र हरेक चीजको विनिमयभन्दा टाढा एक समाजको निर्माणको भावनामा परिवर्तन हुनसक्छ । 

समाजवादको निर्माणमा भौतिक स्थितिहरुको मध्यनजरमा कुन आकार लिन्छ भन्ने पत्ता लगाउनु र हाम्रो विशेष परिस्थितिहरुमा महामारीप्रति पश्चिमी सरकारहरुको प्रतिक्रियाहरु सहभागी हुन्छन् । तर समाजवादको विगतका दर्शनहरुप्रति हाम्रो आफ्नै दृष्टिकोण छन् – बहुप्रचारित ‘युद्धकालीन’ संस्करण सहित ।

(लेखक केन्ट विश्वविद्यालयमा सहायक लेक्चर हुन । साथै सोही विश्वविद्यालमा रोजगार कानुन तथा कानुनी सिद्धान्तमा विद्यावारिधी गरिरहेका छन् । एजेन्सीको सहयोगमा गिता सुब्बाको अनुवाद ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर