• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

फुटबल पनि जीवन जस्तै हो, कोरोनापछि उस्तै रहँदैन- मेस्सी

एजेन्सी । सर्वाधिक छ पटक विश्वको वर्ष खेलाडीको उपाधि जितेका बार्सिलोनाका कप्तान अर्जेन्टाईन स्टार लियोनल मेसीले फुटबल र मानव जिवनको तुलना गरे । उनले भने, फुटबल पनि जीवन जस्तै हो । कोरोना भाइरसको संक्रमण र विपत्तीपछि फुटबल पनि फेरिनेछ । कोरोनाको महामारीपछि स्पेनिस लिग शुरु हुनै लागेको छ । जुन ११ बाट लालिगा शुरु हुन लागेको पूर्वसन्ध्यामा मेसीको पछिल्लो अभिव्यक्ति आएको हो । 

कोभिड १९ को महामारीले विश्वलाई आक्रान्त पारेको छ । सार्वजनिक स्थानमा समूहिक गतिविधि गर्न प्रतिवन्ध छ । लाखौंको ज्यान गएको छ । लाखौं विरामी छन् । करोडौं प्रभावित छन् । यस्तो अवस्थाकै बीचबाट फुटबलका गतिविधि शुरु हुन लागेका छन् । 

युरोपका कति लिग शुरु भईसकेका छन् भने कति हुने तरखरमा छन् । उनीहरुको यो मैदानमा फकाई सँगै कोरोना भाइरस विरुद्धको लडाई पनि संगसंगै छ । 

यस्तो अवस्थाका बाबजुत बार्सिलोना ला लिगामा दोश्रो स्थानको रियल मड्रिड भन्दा २ अंकले मात्रै अघि छ । मेसीले मैदान फर्किएपछि आफ्नो 'मायालु' फुटबलसँग फेरी फर्कने र सम्पूर्ण रुपमा केन्द्रीत हुने तयारी गरेका छन् । 

गोल डटकमका अनुसार मेसीले भनेका छन्, 'हामी अधिकाँशलाई थाहा छैन कि कोरोनापछिको फुटबलको अवस्था के हुन्छ भनेर । धेरै मानिसहरुले आफ्नो परिवारका सदस्य गुमाएका छन् । उनिहरुको भविष्य पहिलाको जस्तै हुनेछेन । यो विपत्तीले धेरै नकारात्मक कुराहरुको सृजना गरेको छ । कुनै व्यक्तिलाई आफ्नो परिवारको मायालु सदस्य गुमाउनु जस्तो दुखद् केही पनि हुदैन । यस्तो अवस्थाले मानिसहरुमा नैरास्यता उत्पन्न गर्दछ । फुटबलसँग विछोडिनुपर्दा मलाई पनि नरमाईलो लागिरहेको छ ।'

मेस्सीका साथी स्वारेजले पनि मिडिया सामु आफ्ना अनुभव सुनाएका छन् । 'यावत जटिलताहरुका बाबजुत आगामी सवै खेलहरु जित्ने आफूहरुको लक्ष र चाहाना' रहेको उनले बताएका छन् ।

ला लिगामा बार्सिलोनाले खेल्नुपर्ने ११ खेल बाँकी नै छन् भने बार्सा च्याम्पियन्स लिगको पनि टप १६ मा छ । खेल शुरु भइसकेपछि पनि भविश्य के हुने हो भन्ने कुराको कसैलाई थाहा छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर