• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

बागलुङ पश्चिमका दलित अधिकारकर्मीद्वारा रुकुम सोती घटनाका हत्यारालाई कडा कारवाहीको माग

बुर्तिबाङ । बागलुङ पश्चिममा रहेका दलित अधिकारकर्मीहरुले रुकुम पश्चिमको सोती घटनाका हत्यारालाई कडा कारवाहीको माग गरेका छन् । दलित अधिकारकर्मीहरुले प्रेस विज्ञप्ती मार्फत जातिय विभेदकै कारण भएको उक्त घटना प्रति घोर भ्रत्सना गर्दै  सत्यतथ्य छानविन गरी दोषीहरुलाई कडा कारबाही सहित पिडितलाई क्षतिपूर्ति सहित न्याय दिलाउन सरकार समक्ष माग गरेका छन् । 

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष लोकेन्द्र सुनार, दलित पत्रकार मञ्च बागलुङकी महिला उपाध्यक्ष मिनु विसी र नेपाल दलित संघ क्षेत्र नं. २, बागलुङका क्षेत्रिय सभापति सोम बहादुर पौवि “यामु” द्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘जातियता कै कारण क्रुर र अमानविय तरिकाले लखेटी,लखेटी सामुहिक रुपमा हत्या गरी भेरी नदिमा फालिदिएको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालले जातीय भेदभाव तथा सबै प्रकारका विभेद उन्मूलन महासन्धी लगायतका अन्तराष्ट्रिय ऐन कानुनलाई अनुमोदन गरी पक्ष राष्ट्रका तर्फबाट हस्ताक्षर गरिसकेको भन्दै रुकुम पश्चिमको घटनाले अन्तराष्ट्रिय कानुनको खिल्ली उडाउनुका साथै लोकतन्त्र, सुशासन र न्यायमा समेत प्रश्न चिन्ह खडा गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।’ कानुनले युगौँ देखिका असमानता र जातिय विभेदको अन्त्य गरेपनि व्यवहारमा अन्त्य हुन नसक्नु र जातिय विभेदकै कारण यस प्रकारको घटना घटाउनु कानुन विरुद्ध कार्य भएको उल्लेख गर्दै घटनामा संलग्नहरुलाई राजनितिकरण नगरी हदै सम्म कारबाहीको माग गरिएको छ । यस्तै विज्ञप्ती मार्फत घटनामा ज्यान गुमाउने नवराज वि.क. सहित टिकारामा सुनार, लोकेन्द्र सुनार, गणेश बुढा मगर, सन्दीप वि.क. र गोविन्द शाही प्रति दुःख प्रकट गर्दै श्रदाञ्जली व्यक्त गरिएको छ ।

स्थानीय युवाहरुले स्वतस्फुर्त रुपमा बुर्तिबाङ बजारमा जम्मा भएर हातमा प्लेकार्ड सहित दवावमूलक प्रदर्शन समेत गरेका थिए ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ वर्षका नवराज विक आफ्ना साथीहरुसंग चौरजाहारी पुगेका थिए । विवाहका लागि त्यहाँ पुगेका युवालाई चौरजहारी नगरपालिका–८, सोतीका स्थानीयले आक्रमण गरेपछि पाँचजनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । घटनामा जाजरकोटको भेरी नगरपालिका–४, का नवराज विक, गणेश बुढा, सञ्जु भनिने सन्दिप विक, ११ नम्बर वडाका लोकेन्द्र सुनार र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का टिकाराम सुनारको मृत्यु भएको छ । भेरी नगरपालिका–११, जाजरकोटका गोविन्द शाही बेपत्ता छन् । पाँचजनाकै शव भेरी नदी र किनारमा भेटिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर