• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रहरीको बर्बरतापूर्ण दुर्व्यवहारप्रति अमेरिकाका विभिन्न शहरमा चर्को प्रदर्शन [फोटोफिचर]

काठमाडौं । अमेरिकामा एक पटक फेरि प्रहरीको बर्बरतापूर्ण दुर्व्यवहार विरुद्ध प्रदर्शन तातिएको छ । केही दिनअघि जर्ज फ्लोयड नामक एक ४६ वर्षीय अश्वेत व्यक्तिको प्रहरीले गर्धनमा थिचेर मृत्यु भएको भडियो क्लिप सार्वजनिक भएपछि अमेरिकाका विभिन्न शहरमा प्रर्दशन चर्किएको छ । 

कोरोना भाइरसको एपिसेन्टर बनेको अमेरिकामा सिटलदेखि न्यूयोकसम्मका फ्लोयडको हत्या आरोपमा अन्य प्रहरी अधिकारीलाई पनि गिर्फतार गरी कठोर सजाय सुनाइनुपर्ने माग गर्दै दशौँ हजार प्रदर्शकारीहरु सडकमा उत्रिएका छन् । केही शहरमा प्रदर्शन हिंसात्मक बन्दै गएपछि त्यहाँको प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । 

भीडलाई तितरबितर पार्न प्रहरीले दर्जनौं राउन्ड रबर बुलेट र अश्रुग्यास हानेको थियो । सार्वजनिक भएको एउटा भिडियोमा प्रहरीको भ्यानले प्रदर्शनकारीलाई ठेल्दै लगेको देखिन्छ ।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि विभिन्न राज्यहरूले आफ्ना सहरहरूमा कर्फ्यू आदेश जारी गरेका छन् । नेशनल गार्ड परिचालन गरिएको छ ।

प्रदर्शनकारीले राष्ट्रपति निवास ह्वाइट हाउस र राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको न्युयोर्कस्थित ट्रम्प टावर पनि घेरा हालेका छन् ।

 

 


तस्बिर स्राेत : अलजजीरा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर