• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बार्सिलोनाले उपाधि रक्षाका लागि १३ जुनदेखि पुन प्रतिस्पर्धा गर्ने

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले उपाधि रक्षाको लागि जुन १३ देखि पुनः सुरु गर्ने भएको छ।

स्पेनमा गएको मार्च १२ देखि फुटबल गतिविधि रोकिएका छन् । तर महामारी नियन्त्रणमा आउने क्रम सुरु भएसँगै प्रधानमन्त्री पेद्रो सान्चेजले बाँकी खेलका लागि स्वीकृति दिएका हुन् ।

कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगका खेलहरु सुरु भएको दुई दिनपछि बार्सिलोनाले जुन १३ मा मालोर्कासँग प्रतिस्पर्धा गर्ने भएको हो ।

ला लिगा अन्तर्गत यो सिजनका बाँकी खेलहरु जुन ११ देखि हुँदै छन् । जुन ११ मा रियल बेटिसले सेभिल्लासँग प्रतिस्पर्धा गर्ने छ । त्यसको दुई दिनेपछि बार्सिलोनाले मालोर्काको मैदानमा खेल्ने भएको हो । २७ खेल सकिँदा बार्सिलोना लिगको शीर्ष स्थानमा छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर