पाल्पाका कोरोना पोजेटिभ दुईजना आइसोलेशनमा ,गाडी नपाउँदा एक जना क्वारेन्टाईनमै

पाल्पा ।  पाल्पामा तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्लाको माथागढी गाउँपालिकाको क्वारेन्टाईनमा बसेका १८ वर्षीय पुरुष र रैनादेवी छहराको क्वारेन्टाईनमा बसेका ३८ र ४० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

पाल्पामा पहिले पटक संक्रमण देखिएसंगै देशभरमा ५८ र प्रदेश पाचको १० जिल्लामा संक्रमण फैलिएको छ । एक साता अघि भारतबाट आएर तानसेनको बतासेडाँडाको होल्डिङ क्वारेन्टिनमा बसेर स्थानीय तहको क्वारेन्टाईनमा गएका उनीहरुलाई आइतबार बेलुका प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको थियो । 

संक्रमितमध्ये रैनादेवी छहराका दुईजनालाई आइतबार राती नै तानसेनस्थित भुसलडाँडाको आईसोलेशन कक्षमा ल्याईएको छ । भने  माथागढीस्थित बहादुरपुर क्वारेन्टाइनमा बसेका कोरोना संक्रमितलाई अझै आइसोलेसनमा लगिएको छैन । सवारीसाधन व्यवस्थापन नहुँदा उनलाई सदरमुकामस्थित आइसोलेसनमा ल्याउन ढिलाइ भएको हो । केही सवारीसाधन चालकसँग कुरा गर्दा बोक्नै नमानेको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर