संगीतकारसँगै गायक पनि थिए वाजिद खान, यी गीतले चम्काएको थियो उनको भविष्य

एजेन्सी । बलिउका प्रसिद्ध संगीतकार तथा निर्देशक वाजिद खानको आइतबार राती कोरोना भाइरस संक्रमणको कारण ४२ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि मृगौला रोगबाट पिडीत थिए । वाजिदले धेरै हिन्दी फिल्ममा सङ्गीत दिएका छन् ।  आफ्नो भाई साजिदसंग मिलेर भारतीय फिल्ममा सङ्गीत दिने गर्थे । बलिउडमा साजिद–वाजिद को नाम निकै चर्चित छ । उनले विशेष गरी स्टार सलमान खानको धेरै फिल्मकाे गीत संगीत दिएका छन् । गत हप्ता मात्र वाजिदको संगीत र सलमान खानको आवाजमा ‘भाई–भाई’ गीत सार्वजनिक भएको थियो । जसले निकै चर्चा कमाएको छ । 

वजिदले सन् १९९८ मा सलमान खान अभिनित फिल्म ‘प्यार किया तो डरना क्या’बाटे बलिउडमा संगीतको काम सुरु गरेका थिए ।  उनले ‘दबंग ३’ को सबै गीतमा संगीत भरेका थिए ।  ‘मेरा ही जलवा, सोनी दे नखरे, माआ अल्लाह, डू यु वन्ना पार्टनर’ लगायतका हिट गीतमा संगीत भरेका छन् । उनले सन् २०११ म ‘फिल्मफेयर अवार्ड’मा उत्कृष्ट संगीतकारको अवार्ड पनि प्राप्त गरेका थिए ।

उनी संगीतकार मात्र होइन गायक पनि थिए । उनले धेरै गीतहरुको निर्देशन गर्नुको साथै धेरै फिल्ममा गी पनि गायका छन् । २२ वर्षको उमेरमै उनले धेरै फिलमको गीतमा अवाज दिएका थिए । जसले उनलाई गायकको पनि पहिचान दिएको थियो । 

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर