• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पाल्पामा थप दुईजनामा कोरोना संक्रमण

पाल्पा । पाल्पामा सोमबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । सोमबार भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षमा निस्दी गाउँपालिकाका २ जना पुुरुषमा कोरोना पुष्टि भएको जनस्वास्थ्य प्रयोगशालाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संक्रमितहरु १७ र ३६ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । उनीहरु केही दिन अघि भारतबाट आएका निस्दी गाउँपालिकाको क्वारेन्टाईनमा बस्दै आएका थिए । दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताए ।

आइतबार रैनादेबी छहराका २ र माथागढी गाउँपालिकाका १ गरि ३ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरु ३ जनालाई भने तानसेनको भुसलडाँडामा निर्माण् गरिएको आइसोलेशनमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर