कोरोना विरुद्ध लड्न एडिबीले नेपाललाई ३० अर्ब रुपैंया सहयोग गर्ने

काठमाडौं । एशियाली विकास बैंक एडिबीले नेपाललाई ३० अर्ब रुपैंया सहयोग गर्ने भएको छ । एडीबीले नेपालमा कोभिड–१९ को रोकथाम तथा उपचारका लागि उक्त रकम सहयोग गर्न लागेको हो ।  सोमबार दिउँसो अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थसचिव शिशिरकुमार ढुंगाना र एशियाली विकास बैंकका कन्ट्रि डाइरेक्टर मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका छन् । 

अर्थसचिव ढुंगानाले एशियाली विकास बैंकले गरेको सहयोग नेपालको कोभिड–१९ को उपचार र  राहतमा महत्वपूर्ण भएको भन्दै यसले यो रोगविरुद्धको लडाइँमा ठूलो सहयोग गर्ने बताए । त्यस्तै, एडीबीका कन्ट्रि डाइरेक्टर मुख्तोरले आपतकालीन अवस्थामा एशियाली बिकास बैंक सरकारलाई जस्तोसुकै सहयोग गर्न समेत तयार भएको बताए । 

यो रकम एडीबीले सरकारलाई बजेटरी सपोर्टको रुपमा उपलब्ध गराएको हो । यसलाई जनस्वास्थ्यलाई सुधार गर्ने, परीक्षण ल्याब तथा क्वारेन्टाइनको निर्माण र व्यवस्थापन तथा कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसम्बन्धी अन्य जुनसुकै खर्चका लागि प्रयोग गर्न सकिने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर