स्वास्थ्यकर्मी माथि हुने आक्रमणको कर्णालीमा विरोध

सुर्खेत । देशभरिका स्वास्थ्यकर्मीहरुमाथि विभिन्न बहानामा हुने आक्रमणको कर्णालीमा विरोध भएको छ । कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सकहरुले सोमवार सांङ्गेतिक रुपमा विरोध गरेका हुन् । 

‘डाक्टरहरु उपचारको लागि सधैँ अग्रस्थानमा हुन्छन् तर पनि विभिन्न बाहानामा डाक्टरहरुले नै उल्टो आक्रमणको निसाना हुने पर्ने भएकोले यस्ता कार्यको विरुद्धमा देशभरी आन्दोलन भैरहेको छ त्यसकै समर्थनमा हामीले पनि कर्णालीमा एकेबद्धता जनाएका हौ,’ ‘कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर सन्तोष बस्नेतले भने,’ ‘डाक्टरहरुको सुरक्षाको ज्ञारेन्टि गर्नको लागि हामीले राज्यको ध्यान आकर्षण गराएको हौ,।’

पछिल्लो समय नेपाल मेडिकल कलेज काठमाडौं डाक्टरहरु माथि आक्रमण भएको थियो । नेपाल मेडिकल कलेजमा आक्रमण गर्ने व्याक्ति अस्पताल प्रशासनकै नातेदार भएकोले । आक्रमणकारी माथि कुनै पनि कार्वाहि हुन सकिरहेको छैन ।  आक्रमण गर्ने व्याक्तिको सिसिटिभी क्यामराको फुटेज अस्पतालले लुकाएको कारण अहिले सम्म त्यो घटनामा संलग्नहरुलाई राज्यले कुनै पनि कार्वाहि नगरेको हुनाले त्यसको विरोधमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टरहरुले एकेवद्धता जनाएको डाक्टर बस्नेतले बताए  । 

कर्णालीमा पनि त्यस्तो घटना नहोस भन्नको लागि र डाक्टरहरुको सुरक्षा ज्ञारेन्टि राज्यले गरोस भन्नको लागि कर्णाली बाट  देशभरीका चिकित्सकहरुको आन्दोलनमा समर्थन गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर