• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

वैकल्पिक प्रणालीबाट पठनपाठन सुरु गराउन सरकारद्वारा निर्देशिका जारी [निर्देशिकासहित]

काठमाडौं । सरकारले वैकल्पिक प्रणालीबाट पढाउनका लागि निर्देशिका जारी गरेको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले सोमबार साँझ लकडाउनमा घरमै बसेका विद्यार्थीलाई बैकल्पिक प्रणालीबाट पढाउनेगरी व्यवस्था मिलाउन निर्देशिका जारी गरेको हो ।

तत्काल विद्यालय खुलाउन नसक्ने भएपछि मनत्रालयले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीलाई पठनपाठन गराउन निर्देशिका बनाएको हो ।

‘असार १ गतेबाट उक्त निर्देशिका बमोजिम वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने, गराउने व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूलाई अनुरोध छ,’ मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

मन्त्रालयले जारी गरेको निर्देशिकामा सामुदायिक, संस्थागत, सार्वजनिक, निजी शैक्षिक गुठीद्वारा सञ्चालन गरिएका विद्यालयले यस निर्देशिका प्रयोग गर्नुपर्ने बताइएको छ ।

हेर्नुस् निर्देशिका

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर